चलचित्रकर्मीको हीत विपरित काम गरे भुवन केसीलाई अध्यक्षबाटै बिस्थापित गर्ने चेतावनी

Advertisement

काठमाडौं । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रुपमा विकास नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 

सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा उनले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको बताए । शाहले अहिले ड्राफ्ट भइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको चलचित्र ऐनलाई तत्काल खारेज गरी पुनःविचार गर्न आग्रह गरे । 

Advertisement

उनले राम्रा चलचित्र बन्नुको पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको के भुमिका छ ? भन्दै प्रश्न गरे । शाहले तत्कालीन सहसचिव मुकुन्द आचार्य भएको बेलामा परिवर्तन भएको दस्ताबेज चलचित्रकर्मीको सहमति बिनाको भएको भन्दै यो चलचित्र उद्योगप्रतिको ठूलो विश्वासघात भएको बताए । 

शाहले वर्तमान गठबन्धनको सरकारले उद्घोष गरेमबमोजिम चलचित्र विकास बोर्डलाई आयोगको रुपमा अपग्रेड गर्न आग्रह गरे । उनले चलचित्र क्षेत्रको केही नबुझेको मानिसले भनेको भरमा रगत पसिना चुहाएर प्राप्त गरेको दस्ताबेजलाई परिवर्तन गरिरहन नसक्ने बताए । 

निर शाहले प्रशासनको चालबाजीको शिकारमा र त्यसको पञ्जाभित्र चलचित्र उद्योगको भविष्य सुरक्षित नरहेको बताए । चलचित्र सम्बन्धी अघि बढाइएको ऐनमा मन्त्रालयको निरंकुशतालाई झनै बढाएको बताउँदै उनले चलचित्रकर्मीको आवाज सडकबाट सुन्न चाहेको भए सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए । 

साथै, वरिष्ठ कलाकार शाहले चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीलाई कलाकारको श्रीवृद्धिको काममा नलागे अध्यक्षबाट नै बिस्थापित गर्ने चेतावनी दिए । उनले भने, ‘तपाइँ कसलाई प्रतिनिधित्व गर्नुहुन्छ ? भन्नेकुरा मैले बताइसकें अध्यक्षज्यु । तिनलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ । तिनको भावनाअनुकुल र व्यवसया र पेशा अझ त्यसमा श्रीवृद्धि गर्नेकुरामा सघाउ पुयाउन सक्नुहुन्छ भने अध्यक्षका रुपबाट त्यहाँ अघि बढ्नुस् । त्यसमा सबै चलचित्र क्षेत्रका मानिसले दिल खोलेर साथ दिनेछन् । त्यसमा डग्मगाएको एउटा मात्रै झिल्को देख्यौँ भने नबिर्सिनुस्, तपाइँ बसेको कुर्सी पनि अस्थायी हो । जसरी स्थापित गरिएको थियो । त्यसरी नै बिस्थापित गर्न सकिन्छ । यो मेरो चेतावनी हो ।’

Advertisement