जगदम्बा स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं । शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्काशनको तयारी गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ (साधारण शेयर) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

बोर्डका अध्यक्ष रमेश हमालले जगदम्बाले ल्याएको निवेदन दर्ता गर्ने प्रयोजनका लागि आफ्नो टेबुलमा आए पनि स्वीकृत गर्ने नगर्ने कुरा सम्वन्धित विभागमा गएर निर्णय हुने बताए । उनले भने, ‘यस्तो निवेदन धेरै आइरहेको हुन्छ । मैले तोक लगाएर सम्वन्धित विभाग तथा समितिहरुमा पठाउने हो । उनीहरुले हेरेर प्रक्रिया पूरा भएर अन्तिममा स्वीकृत गर्नुपर्ने भयो भने मेरोमा आउने हो ।’  

Advertisement

छ अर्ब रुपियाँ मूल्य बराबरको दुई करोड कित्ता आईपीओ निष्काशन गर्न लागेको जगदम्बा स्टिल्सले शेयरको मूल्य तीन सय रुपियाँ प्रस्ताव गरेको बोर्ड स्रोतले जनायो । एमएस बिलेट उत्पादन गर्ने जगदम्बा स्टिल्स नेपालकै ठूलो स्टिल्स उद्योग हो । 

Advertisement

Advertisement