बाह्र हजारलाई पर्ने मिर्मिरे लघुवित्तको एफपीओमा १२ लाख बढीको आवेदन, मंगलबार अन्तिम दिन

Advertisement

काठमाडौं । मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि निष्काशन खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा आवेदन दिने मंगलबार अन्तिम दिन हो । 

इच्छुक लगानीकर्ताहरुले मंगलबार बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन् । आज साँझसम्म १२ लाख १२ हजार १ सय ९ जनाले  १ अर्ब ३८ करोड ८३ लाख ७३ हजार रुपियाँ बराबरको १ करोड ३८ लाख ८३ हजार ७ सय ३० कित्ताका आवेदन परिसकेको छ ।  

Advertisement

कम्पनीले प्रतिकित्ता रु. १०० मा १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपियाँ बराबरको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन खुला गरेको हो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गरिएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । 

उक्त कम्पनीको एफपीओ १२ हजार ३ सय ७५ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन् । 

Advertisement

Advertisement