वाणिज्य बैंकहरुले सार्वजनिक गरे ब्याजदरः १४ वटाले घटाउँदा २ वटाले बढाए, ४ को स्थिर

Advertisement

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

हाल सञ्चालमा रहेका २० वाणिज्य बैंक मध्ये १४ वटाले ब्याजदर घटाउँदा ४ वटाको स्थिर छ भने २ वटाले व्याज दर बढाएका छन् । 

Advertisement

सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् । 

त्यस्तै नेपाल एसबीआई बैंक र एनएमबि बैंकले ब्याजदर बढाएका हुन् । 

बाँकी १४ वटाले भने कात्तिक महिनाको लागि असोज भन्दा घटाएर ब्याजदर सार्वजनिक गरेका छन् ।  

undefined
 

Advertisement

Advertisement