मासु र कोकाकोला, पेप्सी जस्ता पेय पदार्थ एकै पटक खानु स्वास्थ्यका लागि निकै हानीकारक

Advertisement

काठमाडौं । दशैंमा मासुसँग खान भन्दै हल्का पेय पदार्थहरुको अधिक प्रयोग हुन्छ । तर गुलियो पदार्थ अधिक प्रयोग हुने र रासायनिक वस्तुहरु प्रयोग हुने यस्ता पदार्थ मासुसँग खान हुन्न भन्ने धेरै मानिस अझै पनि जानकार देखिन्नन् । 

कोकाकोला, पेस्सी जस्ता पेय पदार्थ एक पटक खान नहुने चिकित्सकहरुको भनाई छ । मासु तथा सुकुटीसँग कोकाकोला खाँदा गम्भीर स्वास्थ्य समस्या निम्तिनसक्ने उनीहरु बताउँछन् । 

Advertisement

कुनै पनि ‘स्याचुरेट फ्याक्ट’ र प्रोटिन कोकाकोलासँग खान नहुने डा. डाक्टर दिलजन मन्सुरले बताएका छन् । उनले एक अन्तरवार्तामा भनेका छन्, ‘कुनै पनि ‘स्याचुरेट फ्याक्ट’ र प्रोटिन चिनीसँग खानु हुँदैन् । कोकाकोलासँग त मासु खानै हुँदैन् । यहाँ समस्या कोकाकोला हो । जब कोकाकोलासँग मासु खाइन्छ, यसपछि अक्सिडाइड हुन जान्छ । जब सेकुवा कोकसँग खाइन्छ। उसले सुकुटी र मासुलाई दोष दिन्छ । तर यहाँ समस्या सुकुटी होइन । कोकाकोला हो । मासु कोकसँग खाँदा समस्या हो ।’

दशैंमा बढी चिल्लो मासु र रक्सी पनि सँगै खान नहुने डाक्टर मन्सुरको भनाई छ । विशेषगरी, दशैंमा मासु र रक्सी खाने परिपाटी रहेको हुन्छ । यस्तै, मदिरा सेवन नगर्नेहरुले कोकाकोलाको प्रयोग गरिरहेको हुन्छन् । कोकाकोलामा अधिक चिनी र अखाद्य रसायन हुने भएकाले सँगै नखान डाक्टर मन्सुरले सुझाव दिएका हुन् ।

यसैगरी अर्का मुटुरोग विषेशज्ञ डा. ओममुर्ति अनिलले पनि कोल्ड ड्रिङ्क्स स्वास्थ्यका लागि हानीकारक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कोल्ड ड्रिङक्स भन्दा जिरो क्यालोरी ड्रिङ्क्स खान उपयुक्त हुने बताएका छन् । यसैगरी, जिरो कोल्ड ड्रिङ्क्सभन्दा मही, सर्वत र लस्सी खानु उपयुक्त हुने डाक्टर अनिललको भनाई छ ।  

यसैगरी, उनले अर्को फेसबुक पोष्टमा भनेका छन्, ‘दशैंमा सबैभन्दा स्वास्थ्यमा असर गर्ने वस्तु कुन हो भनी सोधेका छन् । उनले पहिलो बुँदामा नै कोल्ड ड्रिङ्क्सलाई राखेका छन् । कोकाकोलामा अधिक मात्रामा चिनीको प्रयोग गरिएको हुन्छ । एक सय एमएलको कोकाकोलामा १०.६ ग्राम चिनी मिलाइएको हुन्छ ।

यस्तै, हिसाबले २५० एमएल कोकाकोलामा २७ ग्राम चिनी मिलाइएको हुन्छ । एउटा स्वास्थ्य मानिसलाई दैनिक चार ग्राम चिनी भए पुग्छ । तर कोकाकोलामा अधिक मात्रामा चिनी र अखाद्य रसायनको प्रयोग गरिएको हुन्छ ।

बोटलर्स नेपाल प्रा.लि.ले उत्पादन गर्दै आएको कोकाकोला कम्पनीले दशैंको मुखमा अधिक मूल्य वृद्धि समेत गरेको छ । त्यस्तै, पेस्सी उत्पादक बरुण बेभरेजका पेय पदार्थ पनि कोकाकोला जस्तै हुन् । 

दशैंमा मासु र कोल्ड ड्रिङ्क्स खाँदा गम्भीर असर गर्ने पोषणविद डा. मधु थापाले बताए । उनले कर्पोरेट नेपालसँग भने, ‘कोल्ड ड्रिङ्क्स चिनीको घोल हो । यसमा जिब्रोलाई मिठास दिनका लागि मात्रै फ्लेबर मिसाइएको हुन्छ । पछिल्लो समय डायबिटिजको रोग निम्त्याउन मुख्य कारण नै कोल्ड ड्रिङ्क्स हो ।’ 

कोल्ड ड्रिङक्समा अधिक मात्रामा चिनी हुने भएकाले यसले शरिरमा मोटोपना समेत बढाउने डा. थापाको भनाई छ। ‘नेपाली परिवेशमा दशैं भनेकै मासु मात्रै भन्ने बुझिन्छ । मासु पाएपछि साग तरकारी फलफूल खाने गरिन्न । यसले शरिरमा कब्जियतको समस्या निम्त्याउने गर्छ’ भन्दै डा. थापाले मासुसँगसँगै पानीको मात्रा पनि बढाउनुपर्ने सुझाव दिए । तर चिनी घोलिएको कुनै पनि पनि चिसो पेय पदार्थको अधिक सेवन हानीकारक हुने र मासुसँग खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने उनको भनाई छ । 

undefined

Advertisement