त्रिकोणात्मक श्रृंखलामा नेपालको आशालाग्दो सुरुवात, यूएई ७ विकेटले पराजित

Advertisement

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)लाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा आशालाग्दो सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । कप्तान रोहित पौडेलले अर्धशतक बनाउँदै दीपेन्द्र सिंह ऐरीसँगको साझेदारीमा अविजित १२९ रन बनाएका थिए । पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे । यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेपालका लागि करण केसीले ३ विकेट लिएका थिए । त्यस्तै, गुल्सन झाले २ र सोमपाल कामी र अविनाश बोहराले १–१ विकेट लिए ।

Advertisement

Advertisement

Advertisement