निर्माण व्यवसायीलाई छ अर्ब भुक्तानी दिँदा सरकारी खर्च तीन खर्ब नाघ्यो, विकास खर्च न्यून

Advertisement

काठमाडौं । निर्माण व्यवसायीलाई छ अर्ब भुक्तानी दिँदा सरकारको खर्च तीन खर्ब नाघेको छ । मन्त्रिपरिषदबाट निर्णय गरी निर्माण व्यवसायीको रकम भुक्तानी गरेपछि सरकारको खर्च बढेको हो ।

आर्थिक वर्ष २०७९–८० को दायित्व समेत सकारेर सरकारले भुक्तानी गरेको हो । चालु वर्षको पहिलो तीन महिना दुई दिनमा सरकारको खाताबाट सबै शीर्षकमा तीन खर्ब भुक्तानी गएको छ । 

Advertisement

यस्तै यो अवधिमा दुई खर्ब ४१ अर्ब ३२ करोड रकम प्राप्ति भएको छ । गत वर्षको सोही अवधिलाई तुलना गर्ने हो भने खर्चतर्फ १५ अर्ब र प्राप्तितर्फ सात अर्ब बढी प्राप्ति भएको छ ।

चालु वर्ष सरकारले ५९ अर्ब आन्तरिक र बाह्य ऋण उठाएर खर्च गरिसकेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार हालसम्म चालु शीर्षकमा दुई खर्ब २५ अर्ब खर्च भएको छ । यस्तै वित्तिय व्यवस्थापनतर्फ ५१ अर्ब ४५ करोड खर्च हुँदा विकास खर्च २३ अर्ब ९३ करोड  भएको छ । 

Advertisement