दशैं बिदामा भन्सार प्रशासन- यात्रु अराइभल चौबीसैं घण्टा खुल्ने, भन्सार जाँचपास कहिले ?

Advertisement

काठमाडौं। दशैं बिदामा अधिकांस भन्सार कार्यालयहरु बन्द हुने भएका छन् । फुलपाति देखी विजय दशमीसम्म अधिकांस भन्सार जाँचपास बन्द भएको हो ।

यात्रु नाका बाहेक सबै भन्सार कार्यालयहरु बन्द हुने भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले जानकारी दिए । खड्काले भने 'सामान्यत दशैंका लागि फुलपातिदेखी विजयदशमीसम्म भन्सार कार्यालयहरु बन्द हुनेछन्, यात्रु शाखा भने खुला रहनेछ ।'

Advertisement

भन्सार कार्यालयहरु मध्ये त्रिभुवन विमानस्थल भन्सार कार्यालयको यात्रु शाखा भने २४ सै घण्टा खुला रहनेछ । विदेशबाट फर्किने यात्रुहरुको सहजिकरणका लागि यात्रु शाखा खुलै रहनेछ । यसका लागि कर्मचारीहरुलाई आलोपालो मिलाएर काममा खटाइनेछ । 

देशभर ४१ वटा भन्सार कार्यालयहरु रहेका छन् । यी कार्यालयहरुबाट चार दिन पुर्णरुपमा भन्सार जाँचपास बन्द हुनेछ । विजय दशमी सकिएको भोलिपल्ट कार्तिक ८ गतेबाट जाँचपास सुरु हुनेछ । 

Advertisement