त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिजः हङकङलाई हराउँदै नेपाल विजयी

Advertisement

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज २०२३ अन्तर्गत शनिबार भएको खेलमा नेपालले हङकङलाई ७९ पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

लिग चरणको आफ्नो अन्तिम खेल खेल्नुअघि नै नेपाल फाइनलमा प्रवेश गरेको हो । जारी सिरिजमा लगातार दुई पटक जितेको नेपालको यो तेस्रो जित पनि हो ।

Advertisement

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीबीचको कीर्तिमान साझेदारीमा हङकङविरुद्ध सहज जित निकालिएको छ । उनीहरूले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे । 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले छ विकेट गुमाएर २१३ रन बनाएकोमा हङकङले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्र बनायो । नेपालको लिग चरणको अन्तिम खेल यूएईविरुद्ध सोमबार हुनेछ । 

सिरिजको फाइनल शुक्रबार हुनेछ ।

Advertisement

Advertisement