राशिफलः आज (कात्तिक १२) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल कार्तिक महिनाको १२ गते आइतबार, कार्तिक कृष्णपक्षको प्रतिपदा तिथि ।

मेष 
पेशागत जीवनमा गम्भीर खाले समस्याहरुसँग जुध्नु पर्ने छ । पूर्वानुमान नगरिएका समस्याहरु पेशागत क्षेत्रमा देखा पर्दा व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने छ । बोलीको प्रभावमा भारी गिरावट आउने छ । शिक्षा क्षेत्र, शिक्षण, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।

Advertisement

वृष
बौद्धिक प्रकृतिको व्यक्तित्व भए पनि प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा अरुले हेप्ने छन् । पेशागत जीवनमा अस्थिरता आउने छ । पेशागत क्षेत्रका प्रतिष्पर्धीहरुसँग मन भित्र प्रतिष्पर्धा गर्न डर लागे जस्तो हुने छ । बौद्धिकस्तर र पेशागत जीवनबीच तालमेल नमिल्दा आफै प्रति निराशा आउने छ । जीवनसाथिको साथमा काम गरेमा राहत मिल्ने छ । शेयर बजार औसत रहने छ । 

मिथुन 
व्यक्तित्वमा कमजोरी देखिने छ । समय प्रतिकुल रहेकाले धैर्य रहनु पर्ने र हतासमा कुनै पनि निर्णय नलिनु राम्रो । शारीरिक कमजोरीले सताउने छ । दाम्पत्य जीवनमा पनि कटुता आउने छ । खेल, सेक्युरिटि, सुरक्षा निकाय, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार प्रतिकुल रहने छ । 

कर्कट
चर्काे स्वाभावको व्यक्तित्व हुने छ । परिवारमा द्धन्दको अवस्था आउँदा सामाजिक छविमा पनि कमि आउने छ । बोलीमा कडापन आउने छ । पेशागत जीवन  भने सन्तोषजनक नै रहने छ । सेवा, वैदेशिक रोजगारी, श्रम क्षेत्र, मजदुरी, कवाडीको ब्यापार, छालाको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजार आंशिक रुपमा सकारात्मक रहने छ । 

सिंह
आम्दानीको स्रोतहरु स्थिर रहने छ । तर पनि मनमा भाग्यहिनता लागिरहँदा उत्साहको भने कमि हुने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा गम्भीर खाले मनमुटाव आउने छन् । सन्तानका गतिविधीबाट अपजस आइ लाग्ने छ । अध्ययनमा मन लाग्ने छैन् । पेशागत जीवनमा समस्या आउन जाने भएकाले संयमित रहनु होला । व्यक्तित्व दुविधात्मक खालको रहने छ । धार्मिक वस्तुको कारोवार, चिनी, सख्खस, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छैन् । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

कन्या
बोली कडा खालको हुने छ । यस्तो स्वाभावले द्वन्दात्मक वातावरण सृजना गर्ने छ । यस्तो परिस्थितिले परिवारमा तनाव पनि ल्याउने छ । आँखा र अनुहारसम्बन्धी समस्या आउने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने हुँदा सिजनल रोगव्याधीले छिट्टै समाउने छ । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । शिक्षा, परामर्श, होटल, रेष्टुरेण्ट, जलविद्युत जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहने छ । शेयर बजार मध्यम रहने छ । 

तुला
बोलीको प्रभाव बढ्दा अरुको विश्वास आर्जन गर्न सकिने छ । तर अरुका लागि बोली प्रिय नै भएता पनि आफ्नो परिवारका सदस्यहरुसँग भने कटु बोली हुने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत जीवन सकारात्मक हुने छ । निर्माणका काम, ठेक्कापट्टा, श्रम क्षेत्र, उद्योग कलकारखाना, भाडाका सवारीसाधन, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ । शेयर क्षेत्रबाट मध्यम लाभ मिल्ने छ । 

वृश्चिक
मनमा आशावादी भन्दा निराशाको भावले किच्ने छ । पेशागत जीवन मध्यम गतिबाट अघि बढ्ने छ । दाम्पत्य जीवनमा सन्तुन कायम हुँदा सम्बन्धहरुमा सुधार आउने छ । पानी, कोल्ड ड्रिङ्स, दुध, पेय पदार्थ, मदिरा, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । आम्दानी गलत ठाउँमा फस्न जाने जोखिम देखिएकाले सतर्क रहनुहोला । शेयर क्षेत्र जोखिपूर्ण देखिन्छ ।

धनु 
दृढ खालको व्यक्तित्व बन्ने छ । तर बेलाबेला सोही रुपमा दुविधात्मक व्यक्तित्व पनि देखिने हुँदा गलत निर्णय हुने चुनौति विद्यमान छ । बोलीको प्रभावमा निकै गिरावट आउने छ । परिवारमा कुरा मिल्ने छैन् । पेशागत जीवन औसत रहेता पनि भाग्यको अभावका कारण उतारचढावको क्रम देखा पर्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर तथा सुरक्षा निकायमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार प्रतिकुल रहने छ ।

मकर 
शितल र सबैसँग मिल्ने खालको स्वाभाव हुने छ । व्यक्तित्वको प्रभावले सामाजिक छवि बढ्ने छ । तर शारीरिक समस्याहरु देखा पर्ने छ । छाति, रगत, उच्चरक्तचाप जस्ता विषयमा सतर्क रहनुहोला । खानपानमा सतर्क रहनु पर्ने देखिन्छ । आम्दानीमा हल्का बृद्धि हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रमा खर्च हुन पुग्ने छ । शिक्षा क्षेत्र, शिक्षण, प्रध्यापक, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि देखिने छ । शेयर क्षेत्र सकारात्मक हुनेछ ।

कुम्भ 
बोलीका कारण अरुको विश्वास सहजै जित्न सकिने छ । दृढ खालको व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्न जाँदा कार्यहरु अवरुद्ध हुने छन् । परिवारमा मित्रता र शान्तिपूर्ण वातावरण आउने छ । पानी, मदिरा, दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स जस्ता क्षेत्रमा आवद्धहरुलाई समय लाभदायी रहने छ । शेयर क्षेत्र भने सकारात्मक रहने छ ।

मीन
अध्ययनमा तिब्रता आउने छ । तर आम्दानीमा गिरावट आउने छ । राखिएका लक्ष्यहरु प्राप्तिमा निरन्तरताको कमि आउने छ । धैर्य भएर पाइला चाल्नु होला साथै अतिमहत्वाकांक्षा पनि नलिनु राम्रो । साझेदारीमा गरिएका कामहरुका बिबाद चर्किने छ । चुनौतिपूर्ण र धेरै जोखिम तथा प्रतिष्पर्धात्मक क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र अनुकुल हुने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement