अर्थ मन्त्रालयको कार्यक्षमता निक्कै कमजोर, तीन महिनामा ६ प्रतिशतमात्रै प्रगति

Advertisement

काठमाडौं। अर्थमन्त्रालयको कार्यक्षमता निक्कै कमजोर देखिएको छ । मन्त्रालयको पहिलो तीन महिनाको कार्यक्षमता न्यून मात्रै देखिएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको त्रैमासकि प्रगति विवरण अनुसार समग्र खर्च प्रगति ६.१ प्रतिशत मात्रै देखिएको छ । मन्त्रालयले चालु वर्ष ४० अर्ब ४५ करोड ४७ लाख बजेट विनियोजन गरेको छ । 

Advertisement

जसमा चालु शीर्षकमा २९ अर्ब ३२ करोड विनियोजन गरेको छ । यो शीर्षकबाट मन्त्रालयले २ अर्ब ४० करोड खर्चिएको छ। यो कुल लक्ष्यको ८.२१ प्रतिशत हुन आउँछ । 

यस्तै पुँजिगत खर्चतर्फ ११ अर्ब १२ करोड विनियोजन भएकोमा ६ करोड ६ लाख मात्रै खर्च भएको छ। दुबै शीर्षकमा गरी पहिलो त्रैमासमा २ अर्ब ४६ करोड खर्च भएको छ। यो कुल लक्ष्यको ६.१ प्रतिशत मात्रै हो । 

अर्थमन्त्री प्रकाशशरण महत बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन भन्दा विदेश भ्रमणमै बढी जोड दिइरहेका छन् । पछिल्लो समय मन्त्री पदबाट हटाउने चर्चासँगै मन्त्री महत निरन्तर विदेश उडिरहेका छन् । 

undefined

Advertisement