डिशहोमद्धारा क्रिकेट खेलाडीहरुको हौसला बढाउन २० लाखसम्मको पुरस्कार घोषणा

Advertisement

काठमाडौं । डिशहोम समूहले नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउन भन्दै २० लाख रुपियाँसम्मको नगद पुरस्कार घोषणा गरेको छ । 

डिशहोमले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, ‘डिशहोम परिवारले हाम्रा क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अहिले भइरहेको एसीसी मेन्स टी–ट्वान्टी वर्ल्ड कप क्रिकेटअन्तर्गत एशिया क्वालिफायर २०२३ मा हाम्रो शान, नेपाली क्रिकेट खेलाडीहरुका हरेक रन, हरेक विकेट र हरेक माइलस्टोनलाई सम्मान गर्दैँ हरेक इनिङ मा खेलाडीहरुको हौसला बढाउन नगद पुरस्कारको घोषणा गर्दछौं ।’ 

Advertisement

नगद पुरस्कार पाउने शैलीः 
एकै खेलमा सेन्चुरी र पाँच विकेट दुवै गरेमा रु. बीस लाख
सेन्चुरी गरेमा रु. दश लाख
पाँच विकेट लिएमा रु. पाँच लाख
हाफ सेन्चुरी गरेमा रु. एक लाख
तीन विकेट लिएमा  रु. एक लाख
पैंतिस रनको लागि रु. ५० हजार
तीन क्याचेज÷स्टम्पिङस गरेमा रु. ५० हजार
 

Advertisement

Advertisement