राशिफलः आज (कार्तिक १६) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल कार्तिक महिनाको १६ गते बिहीबार, कार्तिक कृष्णपक्षको पञ्चमी तिथि ।

मेष 
आर्थिक असन्तुलन र आम्दानी हुने गिरावटको अवस्थाबाट गुज्रनु पर्ने छ । पेशागत जीवन मध्यम प्रकृतिको रहने छ । प्रतिष्पर्धीसँग बढि नै जुध्नु पर्ने हुँदा उर्जा धेरै खर्च हुने छ । अध्ययन अध्यापनप्रति पटक्कै मन जाने छैन् । मनमा दुविधाले सताउने छ । शेयर क्षेत्र सकारात्मक बन्ने छैन् ।

Advertisement

वृष
भाग्यको साथ बलियो रहेको छ । बोलीमा कडापना देखा पर्न जाँदा पारीवारिक जीवनमा भने कटुता उत्पन्न हुन जाने छ । पेशागत जीवन सकारात्मक रहने छ । निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक हुने छ । 

मिथुन 
पेशागत जीवनमा अस्वाभाविक द्वन्दात्मक अवस्थाबाट गुज्रनु पर्ने छ । कार्यालय तथा व्यापारमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले पहिले नै यस्ता विषयमा सतर्क रहनु होला । उपयुक्त समयमा बुद्धि आउने छैन्, जसले गर्दा निर्णयहरु कमजोर बन्ने छन् । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

कर्कट
पेशागत जीवन सकारात्मक रहने छ । रोजगारी तथा व्यापार दुबै क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक बन्ने देखिन्छ । बोलीको प्रभाव बढ्ने छ । घर जग्गाको कारोवारमा सहभागिहरुलाई भने समय चुनौतिपूर्ण रहेको छ । शेयर क्षेत्र भने अनुकुल रहने छ । 

सिंह
बौद्धिक व्यक्तित्व बन्ने छ । सबैले मानसम्मान र आदर गर्ने छन् । व्यक्तित्वमा निखार आउने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर कदम चाल्नु होला । अनावश्यक स्थानमा झैझगडाको स्तरबाट संलग्न हुनु पर्ने अवस्था आउने हुन्छ । शेयर क्षेत्रबाट आंशिक फाइदा मिल्ने छ । 

कन्या
दृढ स्वाभावको व्यक्तित्व हुने छ । तर रिस नियन्त्रणमा भने ध्यान दिनुहोला । पेशागत जीवन औसत बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । धन सम्पत्तिको अभिबृद्धि हुन जाने छ । परिवारमा मिलन हुने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

तुला
मनमा उकुशमुकुश हुने छ । कमजोर मनोबल भएको व्यक्तित्व हुन जाने छ । यसले गर्दा दुविधात्मक स्वाभावमा अत्याधिक बृद्धि हुने छ । मनमा उदासिनता आउने हुँदा खिन्नताको आभाष हुन जाने छ । साझेदारीमा गरिएका काममा भने फाइदा मिल्ने छ । शेयर क्षेत्र फाइदादायक हुने छ । 

वृश्चिक
प्राप्त भइरहेका सुख सुविधाका साधनहरु गुम्न पुग्ने छन् । घर घडेरी तथा होटल रेष्टुरेण्ट क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । आम्दानी गर्नु पर्दछ भन्ने हुँदाहुँदै पनि यस क्षेत्रमा प्रगति हुन कठिन रहने छ । राजनीतिक क्षेत्र र कुटनीतिक वृत्तमा रहकाहरुलाई आंशिक सकारात्मक रहने छ । शेयर क्षेत्र औसत रहने छ । 

धनु 
शारीरिक कमजोरीले सताउने छ । मनोबलको पनि कमि हुन जाँदा दृढताको अभाव भएको व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका काममा सफलता हात लाग्ने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा कार्य सफलता प्राप्त हुने छ । शेयर बजार जोखिमपूण रहने छ ।

मकर 
आम्दानीमा भने केही बृद्धि हुने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नुपर्ने अवस्था आउने छ । व्यापार गरिरहेको हकमा धेरै उत्साही भईहाल्ने समय रहेको छैन् । अध्ययन अध्यापनमा बाधाहरु उत्पन्न हुन जाने छ । व्यक्तित्वमा केही कमजोरीहरु देखा पर्न जाने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

कुम्भ 
मनमा निराशाका विचार बढि मात्रामा आउने हुँदा अन्योलताको सामना हुने छ । भाग्यको साथ नरहेकाले अपजसको अवस्था खेप्नु पर्ने हुन सक्छ । पेशागत जीवनमा उतार चढावको अवस्था आउने भएकाले सतर्क भएर कदम चाल्नु होला । शेयर क्षेत्रबाट भने केही लाभ मिल्ने छ । 

मीन
दृढ व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । पारीवारिक जीवनमा द्वन्द र कटुता उत्पन्न हुन जाने छ । भाग्यहिनताको महशुुस हुने हुँदा कामहरु ढिलो गरि मात्र अघि बढ्ने छन् । मित्रहरुको साथले अर्थ राख्ने छ ।शेयर क्षेत्र सतर्कता रहनु पर्ने अवस्थामा रहेको छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement