अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारी

Advertisement

काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक चाँडै गर्ने जगदम्बा मोटर्सले तयारी गरेको छ । 

टीभीएस मोटर्सको नेपालको आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । 

Advertisement

यो सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी
भएरहेको कम्पनीको भनाई छ । 

अपाचे आरटीआर १६० भीफोर एफआइको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने जनाइएको छ । कम्पनीले सेग्मेन्टमै पहिलो पटक तीन राइडिङ मोड तथा समायोजनको सुविधा सहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पनि उपलब्ध गराउने
सम्भावना प्रबल रहेको छ । 

अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टसँगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकता
अनुसार ड्राइभिङ मोड छनोट गर्न सक्ने बताउँदै जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेशल कलर थीममा तयार गरिएको बताएको छ । 

जगदम्बा मोटर्सको नेपालभर १४० भन्दा बढी डिलरहरुको राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल छ । गुणस्तरीय उत्पादन, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई
दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको कम्पनीको भनाई छ । 

Advertisement

Advertisement