सिटी एक्सप्रेसद्वारा पहिलो १ लाख बिजेताको नाम घोषणा

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना अन्तरगत पहिलो विजेताको नाम घोषणा गरेको छ । 

विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले रु १ लाख जित्न सफल भएका हुुन् ।   

Advertisement

लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० ,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ । 

सोही योजना अनुरुप अहिले सम्म ३१०० जनाले रु ५०० को वालेट टप् अप,  २० जना  सप्ताहिक  बिजेताहरुले जनही रु २५,००० जित्न सफल भैसकेका छन् भने १ जना भाग्यशाली मासिक बिजेताले रु १ लाख जित्न सफल भएका छन्  । 

कम्पनीका अनुसार यो अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

Advertisement