नेपाल आर्मीले माग्यो २ सय २९ जना सेकेन्ड लेफ्टिनेन्ट,  १२ पास गरेकाले जागिर पाउने
फाइल तस्बिर

Advertisement

काठमाडौं । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टनेन्ट) को भर्ना खुलाएको छ । कक्षा १२ पास गरेका व्यक्तिले सहभागी जनाउन सक्ने गरी भर्ना खुलाएको हो । 

शुक्रबार खुलाईएको भर्नामा खुलातर्फ सबैभन्दा धेरै १ सय २२ जना माग गरिएको छ । आदीवासी जनजाती तर्फ ३३ जना, २७ जना मधेशी, १७ जना महिला १५ जना दलित र ३ जना पिछडिएका क्षेत्रको लागि कोटा छुट्याइएको छ । यस्तै नेपाली सेनाको परिवारका लागि पनि १२ जना कोटा तोकिएको छ । 

Advertisement

भर्नामा सहभागी हुनका लागि १२ कक्षा पास गरी १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै स्नातक तह पास गरेकाको हकमा २४ वर्ष सम्मकाले आवेदन दिन सक्नेछन् ।  सेनाले देशभरका ८ वटा भर्ना केन्द्रहरुबाट आवेदन दिन सक्ने जनाएको छ । 

आवेदेन दिने अन्तिम मिती मंसिर २३ गतेलाई तोकिएको छ। तर मंसिर १६ गतेपछि भने दोब्बर दस्तुर तिर्नु पर्नेछ । 
 

Advertisement

Advertisement