टि–ट्वान्टी विश्वकप छनोटमा नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न क्यानसँग डिशहोम फाइवरनेटको साझेदारी

Advertisement

काठमाडौं ।  डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाइवरनेट) टि– ट्वान्टी विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान)सँग साझेदारीको सम्झौता गरेको छ।

डिशहोम फाइबरनेट पछिल्लो समयमा तीब्ररुपमा ग्राहक संख्या बढाउँदै गएको इन्टरनेट सेवा प्रदायक कम्पनी हो । आफू र क्यान बीचको सहकार्य एउटा महत्वपूर्ण समयमा आएको बताउँदै डिशहोम फाइवरनेटले नेपाल टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत रहेको, चलिरहेको टि–ट्वान्टी विश्वकप एशिया छनोटको ठूलो महत्व रहेको र डिशहोम फाइवरनेटको सहयोगमा नेपाली टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्ने आशा लिएको छ । 

Advertisement

डिशहोम फाइवरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले भने, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।

Advertisement

Advertisement