आठ मध्ये ३ विकास बैंकको नाफा बढ्दा पाँचको घट्यो, कुनको कति ?

Advertisement

काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये ३ वटाको नाफा बढेको छ भने ५ वटाको नाफा घटेको छ । 

बैंकहरुले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपस्किृत वित्तीय विवरण अनुसार गरिमा, लुम्बिनी र कामना सेवा विकास बैंकले गत आजको समीक्षा अवधिभन्दा क्रमशः ४.२५, १४३ र १८७.५७ प्रतिशतले नाफा बढाएका छन् । 

Advertisement

त्यस्तै मुक्तिनाथ, ज्योति, सांग्रिला, महालक्ष्मी र शाइन रेसुङ्गाले गत आवको समीक्षा अवधि भन्दा क्रमशः २५.५७, ४९.२४, १५.८१, २०.०७ र ८.३५ प्रतिशतले नाफा घटाएका हुन् ।

रकमका आधारमा बढी नाफा कमाउनेमा भने मुक्तिनाथ विकास बैंकले २२ करोड ८८ लाख, गरिमा विकास बैंकले २० करोड १५ लाख र १९ करोड १६ लाख रुपियाँ नाफा कमाएको छ ।   

कुन बैंकले कति कमाए ? 

undefined


 

Advertisement

Advertisement