अब हाम्रो ध्यान ट्वान्टी–२० विश्वकपतर्फ जान्छः प्रशिक्षक देसाई

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी ट्वान्टी–२० विश्वकपतर्पm ध्यान रहेको बताएका छन् । 

ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे । एउटा फाइनल हेरेर मात्र हुँदैन समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको उनको धारणा छ । मोन्टीले ब्याटिङमा राम्रो गरे पनि बलिङतर्पm पावरप्लेमा केही गल्ती भएको बताए । खेल टाइ भएपछि सुपर ओभरमा धकेलिएको थियो । तर, सुपर ओभरमा नेपालले राम्रो गर्न नसक्दा हार व्यहोर्यो ।

Advertisement

देसाईले ट्वान्टी–२० को राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उल्लेख गरे । यद्यपि, आज उनले दबाब राम्रोसँग नसकेको बताए । ओमानका बलर बिलाल खानले पनि आफ्नो योजनाअनुसार गर्न सक्दा सुपर ओभरमा हार सामना भएको पनि धारणा राखे । तर, समग्रमा भने यस प्रतियोगितामा नेपालले राम्रो गरेको उनको भनाइ छ ।

विवेक यादव जस्तो खेलाडी अगाडि आउनु पनि सुखद् पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाई छ । स—साना बच्चाहरू क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको पनि प्रशिक्षक मोन्टीले बताए । हारको संघारमा पुगिसकेको अवस्थामा समर्थकको साथप्रति पनि देसाईको प्रंशसा गरे । नेपालका कप्तान रोहित पौडेलले फाइनलको नतिजा आफ्नो पक्षमा नआए पनि यो प्रतियोगिताबाट धेरै सकरात्मक नतिजाहरू प्राप्त भएको उल्लेख गरे । अब विश्वकप आउन ५–६ महिनाको समय रहेको र यसबीच शृंखलाहरू व्यवस्थापन गर्दै राम्रो तयारी गर्नुपर्ने रोहितले बताए । 

Advertisement

Advertisement