निलकण्ठ नगरपालिकाले रिङ रोड बनाउने, निर्माणको जिम्मा विश्वश्री कन्स्ट्रक्शनलाई

Advertisement

काठमाडौं । धादिङ निलकण्ठ नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाएको छ । नगरपालिकाले रिङ रोडको योजनालाई अघि बढाएको हो । 

रिङ रोड निर्माणका लागि निर्माण कम्पनी समेत छनोट गरेको छ । बोलपत्रमा सबैभन्दा कम मूल्य दाबी गर्ने विश्वश्री कन्सट्रक्सनलाई निर्माणको जिम्मा ‍दिएको हो । 

Advertisement

कन्स्ट्रक्सनले ७६ लाख ९२ हजार १ सय ८७ रुपियाँमा निर्माण जिम्मा लिएको हो । यो कम्पनीले गोलाभञ्यांङ चामभञ्याङ स्याउली रोडको स्तरउन्नति गर्ने जिम्मा पाएको हो । 

नगरपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ तथा सोहि ऐनको दफा ४७ को प्रयोजनार्थ विश्वश्री कन्स्ट्रक्सनलाई जिम्मा दिएको हो । 

नगरपालिकाले ससाह, मुरली भञ्यांङ, पाल्पा भञ्यांङ, ज्यामरुङ, गोला भञ्यांङ भर्याङ भुरुङ, खाल्टे, भोर्ले, सुनौलाबजार तारुखर्क मश्राईछाप हुदैं ससाहमा सडकलाई जोड्नेछ। 

नगरपालिकाका मेयर भिमप्रसाद ढुङगानाले महत्वकाँक्षी योजनालाई अघि बढाएका हुन् । 

undefined

रिङरोड निर्माणले अन्तर वडा आर्थिक क्रियाकलापमा सहयोग पुर्याउने अनुमान गरिएको छ।  

Advertisement