एनआरएनएको बद्र्री केसी समूहद्धारा जाजरकोट र रुकुम पुगेर राहत सामग्री हस्तान्तरण

Advertisement

काठमाडौं । जाजरकोट र रुकुम विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहले मंगलबार राहत सामग्री वितरण गरेको छ । 

समूहका अध्यक्ष बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो । 

Advertisement

राहत सामग्री वितरण गर्दै  केसीले भूकम्पको कारणले सिंगो देशलगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताए । उनले विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुको गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याउन पाउँदा सन्तोष मिलेको बताए । 

उनले सन् २०१५ मा गएको महाभूकम्पमा समेत गैरआवासीय नेपाली संघले पाँच सय भन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्ने बताए । 

यस्तै समूहका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पुगेको टोलीले स्थानीय सरकारको समन्वयमा आज राहत सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ ।   

जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा आफूहरुले भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको छ । संघले रुकुमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी,  १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ । यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको जनाइएको छ । 

यता एनआरएनए फुटेर बनेको आरके शर्मा नेतृत्वको समूहले पनि १० करोडको राहत कोष बनाउने घोषणा गर्नुका साथै पश्चिम नेपालका भूकम्प पीडितलाई सहयोगको घोषणा गरेको छ । 

undefined

Advertisement

Advertisement