व्यवसायी सुरज वैद्यले भित्राए ‘एथर’ ब्राण्डको विद्युतीय स्कुटर, यस्तो छ मूल्य ?

Advertisement

काठमाडौं । लामो समयदेखि नेपालमा टोयोटा ब्राण्डका गाडीहरु बिक्री गर्दै आएका व्यवसायी सुरज वैद्यले ‘एथर’ ब्राण्डको विद्युतीय (ईभी) स्कुटर नेपाली बजारमा भित्राएका छन् । 

टोयोटा ब्रान्डको गाडी बिक्री गर्ने वैद्य अर्गनाजेसन अन्तर्गतको वैद्य इनर्जीले यो स्कुटर भित्राएको हो । यस स्कुटरको राजधानीको गैरीधारामा शोरुम राखिएको छ भने छिट्टै ललितपुरको झम्सीखेलमा पनि राखिने जनाइएको छ । 

Advertisement

कम्पनीका अनुसार एथरका ४५० एक्सका दुई किसिमका स्कुटर नेपाली बजारमा ल्याइएको छ । स्ट्यान्डर्ड भेरियन्टको मूल्य तीन लाख ८५ हजार रुपियाँ छ । यस भेरियन्टमा २.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । फुल चार्ज गरेपछि यो स्कुटर १११ किलोमिटरसम्म चलाउन सकिन्छ ।

अर्को भेरियन्टको मूल्य चार लाख २० हजार रुपियाँ तोकिएको छ । यो स्कुटर एक पटक चार्ज गरेपछि १५० किलोमिटरसम्म चलाउन सकिन्छ । यी स्कुटरहरु आधुनिक प्रविधि र डिजिटल सिस्टमको रहेको भन्दै चाँडै नै यसले नेपालमा बजार लिने आशा लिएको छ । 

Advertisement

Advertisement