एशियन मुलुकका बैंकका सीईओहरुलाई जलविद्युतमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

Advertisement

 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । 

Advertisement

बिहीवार काठमाडौंमा भएको ३९औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । 

अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शुन्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताउनु भयो। उहाँले सरकारले नीतिगत रुपमा व्यवस्था गरि हरित उर्जालाई प्रोत्साहन गर्ने बताए । उनले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाएको बताए । 

सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिवद्ध रहेको बताए । उनले विश्व बैंक र एडिबीले पनि नेपालको ठूलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको बताए । पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिए । 

अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको दाबी गरे । आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठूलो योगदान पुर्याएको बताए । 

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौति भोगिरहेको बताए । विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्वपूर्ण सहयोग गरिरहेको बताए । उनले डिजिटल बैंकिङसँगै विश्वसनियता र सुरक्षा महत्वपूर्ण रहेको बताए । 

Advertisement

Advertisement