सुशासनमा कडाई गरेकाले मरिसकेको गोर्खा फाइनान्सलाई ब्युँताउन सफल भएका हौंः घिमिरे

Advertisement

काठमाडौं । गोरखा फाइनान्स लिमिटेड प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष घिमिरेले मरिसकेको संस्थालाई आफूहरुले ब्युँताउन सफल भएको बताएका छन् । 

संस्थाको २९औं वार्षिकोत्सवको कार्यक्रममा शुक्रबार बोल्दै उनले ठूलो जोखिम लिएकै कारण आज गोरखा फाइनान्स पुनस्थापित हुन पुगेको बताए । कार्यक्रममा भिसा कार्ड पनि लन्च गरिएको थियो । सीईओ घिमिरेले भिसा कार्ड लन्च गर्ने आफूहरु वित्त कम्पनी क्षेत्रको पहिलो रहेको बताए । 

Advertisement

उनले भने, ‘आजभन्दा २९ वर्ष अगाडी स्थापना भएको गोरखा फाइनान्सले विभिन्न चरणहरु पार गरेको छ । डीजीबीएल, गोरखा डेलभपमेण्ट बैंक, काठमाडौ फाइनान्स मर्जर भएर र एक्वाएर भएर आएको हो । ब्रिटिस गोर्खा समूह सिंगापुरको यसमा लगानी छ । ती दिन यता हामीले सुशासनमा धेरै कडाई गरेको अवस्था छ । कर्जाको सन्दर्भमा हामीले ‘अटोमेसन’ गरेका छौं । मेमोको सन्दर्भमा ‘अटोमेसन’ गरेका छौं । डिजिटलाइजेसन अघि बढाएका छौं ।’ निक्षेप आठ अर्ब ५० करोड रहेको छ । सीडी सेरियो ८३ भन्दा तल छ । ईपीएसमा छ करोड ७५ लाख रहेको छ ।’

डिजिटलरुपमा अघि बढ्ने सन्दर्भमा भिषा कार्ड लन्च गरेको घिमिरेको भनाई छ । भिसा कार्ड लन्च गरेकाले आफूहरुको निक्षेप बढ्ने उनले आशा व्यक्त गरे । सीईओ घिमिरेले अबका दिनमा सबै एटीएमबाट गोर्खा फाइनान्सको भिसा कार्ड चल्ने बताए । गोर्खा फाइनान्सको छ हजार पाँच सय ग्राहकहरु रहेको उनले जानकारी दिए । 

घिमिरेले भने, ‘अब हामी प्रचारप्रसारमा पनि जानुपर्ने छ । हाम्रो २७ शाखाहरु छन् । हामी अघि बढ्दै गएका छौं । विगत लामो समयदेखि डिभिडेन्ट दिन नसकेको संस्था, मरिसकेको संस्था ब्युँताएको अवस्था हो । जोखिम लिएर अघि बढेकाले नै हामीले सही व्यवस्थापन गर्न र यो स्थानमा ल्याउन सफल भएका हौं । हामी नियामक निकाय नेपाल राष्ट्र बैंकलाई पनि धन्यवाद दिन चाहान्छौं । गोर्खा फाइनान्सको भविष्य उज्वल रहेको म जानकारी दिन चाहान्छु ।’ 

Advertisement

Advertisement