कृषि विकास बैंकले भूकम्प पीडितका लागि दियो रु. ५० लाख

Advertisement

काठमाडौं । पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभाविता लागि कृषि विकास बैंकले रु. ५० लाख सहयोग गरेको छ । बैंकले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुममा गएको भूकम्पबाट प्रभावितका लागि उक्त रकम सहयोग गरेको बैंकले जानकारी दिएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त रकमको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरी सो रकम कृषि विकास बैंकमा नै रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खातामा जम्मा गरिएको जनाइएको छ । 

Advertisement

रकम हस्तान्तरण गर्ने क्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत पनि सहभागी थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि सरकारलाई सहयोग गरेको स्मरण गरेको छ । 

Advertisement

Advertisement