रोयल इनफिल्डको ‘हन्टर राइड द लाइट २०२३’ आयोजना

Advertisement

काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर राइड द लाइट २०२३’ आयोजना भएको छ । निरन्तर उत्पादनमा सबै भन्दा पूरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि.ले दीपावली को अबसर पारेर यो कार्यक्रम आयोजन गरिएको हो ।

यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी रहेको कम्पनीको भनाई छ । कार्यक्रमको उद्देश्य सडक सुरक्षा जनचेतना र व्यवस्थित यातायात सञ्चालनलाई प्रवर्द्धन गर्नु रहेको जनाइएको छ । 

Advertisement

शनिबार साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वरबाट सुरु भएको यो राइड बानेश्वर, भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपोण्डोल, पुलचोक, झम्सिखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह, बोसन डाडासम्मको रहेको थियो । 

Advertisement

Advertisement