बीआरआईअन्तर्गत बंगलादेशमा पहिलो ‘ग्रिन फर्टिलाइजर फ्याक्ट्री’ सञ्चालनमा

Advertisement

काठमाडौं । बंगलादेशले बीआरआईअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना शुरु गरेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नरसिङदी जिल्लामा एक समारोहमा देशको सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना (जीपीयूएफपी) को उद्घाटन गरिन् । 

Advertisement

कारखानामा चाइना नेशनल केमिकल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कर्पोरेशन सेभेन लिमिटेडका करिव एक हजार चिनियाँ कर्मचारी छन् । (सीसीजेड)ले आफ्नो जापानी साझेदार मित्सुबिशी हेभी इन्डस्ट्रिज (एमएचआई) सँगको सहकार्यमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई निर्धारित समयअनुसार सम्पन्न गर्न २०२० देखि काम गरेको थियो ।

आठ लाख मेट्रिक टन यूरिया र पाँच लाख मेट्रिक टन एनहाइड्रस अमोनियाको अनुमानित वार्षिक उत्पादन क्षमताको साथ, राजधानी ढाकाबाट करिव ५१ किलोमिटर उत्तरपूर्वी नरसिङदी जिल्लामा रहेको कारखानाले बंगलादेशको बढ्दो माग पूरा गर्न मद्दत गर्ने अधिकारीहरूले बताए । 

उद्घाटन समारोहमा बोल्दै हसिनाले कार्बनडाइअक्साइड समात्ने यो बंगलादेशको पहिलो मल प्लान्ट हुने बताए । कैद गरिएको कार्बनडाइअक्साइडले पनि देशमा युरिया मलको उत्पादन १० प्रतिशतले बढाउन मद्दत गर्ने उनको भनाइ थियो ।

Advertisement

Advertisement