बेलायतबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागेको हिमालय जेट ‘दुवइ एयर शो’मा सहभागी

Advertisement

काठमाडौं । नेपाली मुलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले ठूलो लगानीसहित सञ्चालनमा ल्याउन लागेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ यूएईको आबु दावीमा आयोजित ‘दुवइ एयर शो’मा सहभागी भएको छ । 

लन्डनबाट काठमाडौंसहित विश्वका विभिन्न ठूला शहरहरुमा उडान सञ्चालनको तयारी गरिरहेको हिमालय जेट जाहजहरुको मेलामा सहभागी भएको हो । कम्पनीका उच्च अधिकारीहरुले मेलामा आफूहरुको सक्रिय सहभागिता रहेको र हिमालय जेट अध्यक्ष गुरुङसहितको कम्पनीको टिमले मेलामा बोइङ स्टार्टअप प्रोग्राम र बोइङ कमर्सियल टिमका उच्च अधिकारीहरूसँग छलफल गरेको जनाएको छ । 

Advertisement

मेला सोमबार सुरु भएर आज (शुक्रबार) सम्पन्न हुँदैछ । गुरुङले १८ वटा ठूला जहाजहरुसहित सञ्चालन गर्न लागेको हिमालय जेट बेलायतको नयाँ ‘स्टार्टअप’ वायुसेवा कम्पनी हो । वायुसेवा सञ्चालनका लागि कम्पनीले आवश्यक कानुनी प्रक्रिया र प्राविधिक पूर्वाधार तयार गर्ने काम अहिले गरिरहेको छ । 

अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आफ्नो ‘स्टार्टअप प्रोग्राम’ हिमालय जेट जस्ता नयाँ कम्पनीहरुलाई सहयोग गर्ने गर्दछ । सोही क्रममा आफूहरुलाई पनि बोइङले सहयोग गरेको गुरुङको टिमका एक सदस्यले बताए । बोइङले आफ्नो कार्यक्रममार्फत नयाँ कम्पनीलाई सुरुवाती चरणदेखि सञ्चालनमा आउने बेलासम्म मार्गनिर्देश गर्ने, बजार विश्लेषण गर्ने, व्यापार योजना बनाउने, तथ्यांक व्यवस्थित गर्ने, सम्पर्क निर्माण गर्ने जस्ता काम गरी उड्डयन सेवा सञ्चालनका लागि वातावरण निर्माण गर्ने काम सहयोग गर्दछ । 

पाँच दिनको मेलामा आफूहरु बोइङको ‘स्टार्टअप’ कार्यक्रमका साथै अन्य विभिन्न कार्यक्रम, अध्ययन र छलफलमा सहभागी भएको भन्दै गुरुङको टिमका सदस्यले त्यस मेलामा युएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री पनि सहभागी भएको, बोइङका एक निर्देशक जोस सिसिलिया, भारत तथा दक्षिण एसिया हेर्ने बोइङका उपाध्यक्ष र्यान बेयरसँग पनि क्षेत्रीको भेट भएको बताए । 

यही २०२३ भित्र लामो दूरीको उडान सेवा सुरु गर्ने योजनामा रहेका व्यवसायी गुरुङको टिमले नेपालमा उडान सुरु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पनि परामर्श गरी प्रक्रिया सुरु गरिसकेको छ । बेलायतलाई आधार बनाएर प्रिमियम उडान गर्न लागेको हिमालय जेटले आफूहरुको सिधा लामो उडानबाट ट्रान्जिटमा लामो समय बिताउनुपर्ने समस्या कम हुने र लामो सिधा उडानका कारण यात्रुको समय र पैसा ३० प्रतिशतले बचत हुने बताउँदै आएको छ । 

विश्वभरका उच्चस्तरीय होटलहरूमा सञ्चालन हुने लक्जरी सिनेमा चेन ‘प्राइम’ सञ्चालन गर्दै आएका गुरुङको हिमालय जेटको मूल्यांकन एक अर्ब ६० करोड पाउन्ड (दुई खर्ब ६७ अर्ब २० करोड रुपियाँ) बराबर रहेको छ । सो कम्पनीले डिजिटल ट्रान्फर्मेसनका लागि न्फोसिससँग चार पाउन्ड (९६ अर्ब ६४ करोड रुपियाँ)को समझदारी पनि गरिसकेको छ ।

केही तस्वीरः स्रोत– हिमालय जेट

undefinedundefinedundefinedundefinedundefined

undefined

नेपालमा उडान सञ्चालनका लागि काठमाडौंमा खोलिएको हिमालय जेटको कार्यालयको तस्वीर

himalaya-jet-office

Advertisement

Advertisement