कम प्रिमियममा ठूलो रकमको आजीवन बीमा गर्न सकिने ‘सूर्यज्योति सही प्लान’ सार्वजनिक

Advertisement

काठमान्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम प्रिमियममा ठूलो रकमको आजीवन बीमा गर्न सकिने प्रोडक्ट (उत्पादन) ‘सूर्यज्योति सही प्लान’ सार्वजनिक गरेको छ । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल, कम्पनी सञ्चालक समितिका अध्यक्ष केशब भट्टराई र सीईओ प्रकाशविक्रम खत्रीले संयुक्तरुपमा गरे । तिरेको प्रिमियम (बीमाशुल्क)को पाँचदेखि छ गुणासम्म प्रतिफल दिने जनाइएको यो प्रोडक्ट नेपालमै पहिलो र एक मात्रै भएको कम्पनीको दावी छ । 

Advertisement

प्रोडक्टको प्राधिकरणका अध्यक्ष सिलवालले पनि प्रसंशा गरे । तिरेको सम्पूर्ण रकम फिर्ता हुने ‘सूर्यज्योति सही प्लान’ जनताले लिन सक्ने परम्परागत पोलिसिभन्दा इनोभेटिव –नवीन) र  भिन्न बिशेषतासहितको प्रोडक्ट भएको बताउँदै उनले गरिवले पनि बीमा गर्नसक्ने कम प्रिमियममा ठूलो बीमा गर्न मिल्ने योजना ल्याउन सफल भएको बताए । यद्यपि यसको प्रभावकारिता र लोकप्रियता भने हेर्न बाँकी रहेको सिलवालले बताए । 

आम मानिसहरुको आवश्यकता र परिस्थितिलाई मध्यनजर गर्दै भिन्न र आकर्षक सुविधासहितको प्राडक्ट ल्याएको भन्दै कम्पनीले यो आफूहरुको १६औं प्राडक्ट भएको र लोकप्रिय बन्ने विश्वास लिएको छ । कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकअनुसार प्रायः नेपालीहरुले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकम भएको बीमा खरिद गर्ने  बुझिएको छ । केही बिपत्ति आईलागेपछि उक्त सानो रकमले आर्थिक भार बेहोर्न प्रयाप्त नहुने र परिवार नै आर्थिक संकटको चपेटामा पर्ने सम्भावना रहन्छ । यही कमीलाई नै पूरा गर्ने अठोटका साथ ‘सही प्लान’ नामक बीमा योजना ल्याएको हो ।’

यस योजनामा ७० बर्ष पुगेपश्चात तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने, तिरेको प्रिमियमको छ गुणासम्मको रकम फिर्ता हुने जस्ता विशेषता साथै सर्वाधिक ३५ घातक रोगबिरुद्ध ५० लाखसम्मको आर्थिक रक्षावरण गर्न सकिने छ रहेको जनाइएको छ । 

सीईओ खत्रीले यो योजना पहिलो र नवीन बिशेषतासहित आएकोले पक्कै पनि हरेक नेपालीको रोजाईको रुपमा रहने बताए । उनले ७० बर्षपछि तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुँदा आफूलाई बुढेसकालको सहारा हुने, कम रकममा ठूलो बीमा गर्न मिल्ने र जोखिमको भार बहन पनि ठूलै हुनेहुनाले आफ्नो परिवारमा आर्थिक समस्या आइपरे भविष्यमा आर्थिक भारको रक्षावरणमा सहज हुने बताए । 
 

Advertisement

Advertisement