कुमारी बैंकको सीईओमा सीए रामचन्द्र खनाल नियुक्त

Advertisement

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनलाई चार बर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

एनसीसी बैंक र कुमारी बैंक मर्जर भएपछि बनेको एकीकृत बैंकमा सीईओ नियुक्त भएका रमेश अर्यालले राजीनामा दिएपछि दोस्रो बरियतामा रहेका खनाल सीईओ नियुक्त भएका हुन् । 

Advertisement

उनले बैंकिङ क्षेत्रमा काम गरेको एक दशकभन्दा लामो अनुभव छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाल यसअघि एनआईसी एसिया क्यापिटलको सीईओ तथा मर्जरअघि कुमारी बैंकको निमित्त सीईओ समेत भइसकेका व्यक्ति हुन् । 

Advertisement