राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४० करोड लगानी गर्ने, बैंकहरुसँग माग्यो प्रस्ताव

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ४० करोड रुपियाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । 

राष्ट्र बैंकले उक्त रकम २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म ३६६ दिनको लागि मुद्दति निक्षेपमा लगानी गर्ने भएको गत शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । 

Advertisement

वाणिज्य बैंकमा ३२ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा ६ करोड र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीमा २ करोड लगानी गर्ने भएको हो । 

उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी मंसिर ६ गते बिहान १० बजेदेखि बेलुका ७ बजेभित्र जानकारी गराउनु पर्ने सूचनामा उल्लेख छ । 

undefinedundefined

Advertisement

Advertisement