चार महिनामा १६ अर्ब उठ्यो ब्याजकर, राजस्व असुलीमा १५.४२ प्रतिशत वृद्धि

Advertisement

काठमाडौं । सरकारले चार महिनामा १५ अर्ब ९२ करोड ब्याजकर असुल गरेको छ । निक्षेपको ब्याजमा कर बढाएको सरकारले सो बराबर राजस्व असुल गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को  बजेटबाट व्यक्तिगत निक्षेपमा १ प्रतिशत वृद्धि गरेको छ । व्यक्तिगत निक्षेपमा १ प्रतिशत कर बढ्दा राजस्व असुलीमा भने १५.४२ प्रतिशत वृद्धि भएको हो । 

Advertisement

गतआर्थिक वर्ष २०७९/८० को पहिलो ४ महिनामा ब्याजकर १३ अर्ब ७९ करोड ३५ लाख असुल भएको थियो । पोहोर भन्दा चालु वर्ष राजस्व वृद्धि भएको आन्तरिक राजस्व विभागले जनाएको छ । 

चालु वर्ष निक्षेपको ब्याज केहि बैंकहरुले दोहोरो अंकमा समेत प्रदान गरेका थिए । तर हाल सबै बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालिसकेको छ । ब्याजदर बढ्दा निक्षेपकर्ताहरुले बढी लाभ पाउने गर्छन् । यस्तै जति धेरै ब्याज आम्दानी भयो सोको अग्रिम व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत निक्षेपकर्ताले १५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।  

चालु वर्ष अर्थ मन्त्रालयले ५९ अर्ब ८० करोड २७ लाख ब्याज कर संकलन गर्ने लक्ष्य लिएको छ । चार महिनामा कुल लक्ष्यको २६.६२ प्रतिशत राजस्व असुल भएको छ । 

Advertisement