हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आजदेखि निष्काशन खुला, कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले मंसिर ४ गते सोमबारदेखि १८ गते सोमबारसम्म आईपीओ निष्काशन खुला गरेको छ ।  

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीले चुक्ता पूँजी १० अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपियाँको आईपीओ सर्वसाधारणलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको थियो । 

Advertisement

कूल निष्काशनको १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागिएको हो ।  

बिक्री प्रबन्धकका अनुसार  कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपियाँ प्रिमियम थप गरेर रु. २०६ मा आईपीओ जारी गर्न लागेको हो । 

इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएकाहरुका लागि शेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्काशन खुला गर्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement