भिजन लुम्बिनीको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने, कहाँ र कति बजे ?

Advertisement

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । 

Advertisement

उक्त कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८ सय २० जनाले १ करोड ३७ लाख ७६ हजार १ सय ६० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।  

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई शेयर बाँडफाँड गरिसकेको कम्पनीले सर्वसाधारणका लागि २० लाख ७५ हजार २ सय ८५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।  

स्थानीय बासिन्दालाई आइपीओ बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयरसहित कूल २० लाख ७५ हजार २ सय ८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको थियो । 

उक्त शेयर २ लाख ७ हजार ५ सय २३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् । 

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ । 

Advertisement

Advertisement