सामसुङ नेपालले भित्र्यायो ग्यालेक्सी एस२३ एफ इ, मूल्य कति ?

Advertisement

काठमाडौं । सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ भित्र्याएको छ ।  

युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरुलाई सामसङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुपमा सुसज्जित छ । गेमिङ्गमा रुची राख्नेहरुका लागि यसले शक्तिशाली कार्यसम्पादन प्रस्तुत गर्दछ । 

Advertisement

ग्यालेक्सी एस२३ एफ इमा प्रतिष्ठित र दिगो डिजाइनहरु, एड्भान्स्ड  कार्यसम्पादन, अत्याधुनिक क्यामराका साथै त्यसभन्दा अझ धेरै विशेषताहरु समेटिएका छन् । नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रङ्गहरुमा उपलब्ध हुने यो ग्यालेक्सी एस२३ एफ इ मोबाइलको प्रि–अर्डर यही २० नोभेम्बर, २०२३ देखि नेपालभर सामसङको आधिकारिक स्टोरहरुबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२३ एफ इ प्रभावकारी ८ जिबि र्याम र २५६ जिबिको स्टोरेजमा उपलब्ध छ । यो मोबाइलको मुल्य रु.८५,९९९/- तोकिएको छ ।

एस२३ एफ इ शुन्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक रु.४,३००/- किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सक्ने छन् । 


 

Advertisement

Advertisement