जीवन बीमामा नयाँ विकृति, अस्पतालहरुसँगको मिलेमतोमा बनाइन्छन नक्कली रिपोर्ट

Advertisement

काठमाडौं । बीमा क्षेत्रलाई स्वस्थ, व्यवसायिक र पारदर्शी बनाउनुपर्ने कुरा भइरहेको बेला झन नयाँ बिकृतिहरु देखा पर्न थालेका छन् । केही जीवन बीमा कम्पनीहरुले अस्पतालसँगको साँठगाँठमा बीमितहरुको नक्कली रिपोर्ट तयार गर्नेगरेको तथ्य फेलापरेको छ । 

जीवन बीमा कम्पनीमा लामो समय काम गरेका एक अभिकर्ताले केही तथ्यहरु देखाउँदै अस्पतालसँगको मिलेमतोमा नक्कली रिपोर्ट बन्ने गरेको बताए । यसमा बीमा कम्पनी र अस्पतालका उच्च व्यवस्थापकदेखि सञ्चालकहरुसँगको मिलेमतो समेत हुने उनको दावी छ । 

Advertisement

ती अभिकर्ताले भने, ‘यस्तो कुरामा अस्पताल र बीमा कम्पनीका उच्च कर्मचारी र सञ्चालकहरु सबैको मिलेमतो नभए पनि जानकार भने सबै छन् । तर कम्पनीको फाइदाको लागि यस्तो गलत काममा उनीहरु मौन बस्दै आएका छन् । हामीले मात्रै थाहा पाएर के गर्नु ? तपाइँहरुले बरु लेख्न मिल्छ । हामीले लेख्न बोल्न मिल्दैन् ।’

कतिपय जीवन बीमा कम्पनीहरु आफैले बीमितको नाम फेरबदल गर्ने, बीमितले पनि आफ्नो नागरिकता भन्दा फरक नाम राख्ने, एक्स–रे जस्ता रिपोर्टहरु पनि नक्कली तयार गरिन्छ । यो कुराहरु लामो समयदेखि चल्दै आए पनि प्रहरीदेखि नियामक निकायसम्मको ध्यान पुग्न नसकेको उनको भनाई छ । 

यसरी निहीत स्वार्थका लागि नक्कली मेडिकल रिपोर्ट बनाउने, बनाउन लगाउने, जानकार भएर पनि मौन बस्ने सबै गैरकानुनी कार्य भए पनि यसलाई नियन्त्रण गर्न सरकारी निकाय नै चनाखो हुनुपर्ने ती अभिकर्ताको तर्क छ । उनले भने, ‘जीवन बीमा कम्पनीहरुले बीमितलाई घातक रोग लागेमा प्रमाणहरु राम्रोसँग हरेर समयमै दाबी भुक्तानी दिनुपर्छ । त्यसमा ढिलाई गर्न हुँदैन् । तर स्थिति हामीले सोझोरुपमा हेरेजस्तो मात्रै छैन् । यहाँभित्र धेरै खालका समस्या छन् जो बाहिर आउन मिडियाले पनि सकेको छैन् । प्रहरीको पनि ध्यान पुगेको छैन् । प्राधिकरण (नेपाल बीमा प्राधिकरण)को पनि ध्यान नपुगेको हो कि ?’ 

प्राधिकरणले अधिकांश बेलामा निर्जीवन बीमा कम्पनीको तेस्रो पक्ष बीमामा र जलविद्युत बीमामा मात्रै समस्या भएको औंल्याउँदै आएको छ । जीवन बीमा कम्पनीहरुमा पनि ‘डार्क सर्कल’ (कालो छायाँ) रहेकाले त्यो मेटाउन जरुरी रहेको ती अभिकर्ता बताउँछन. । 

यस विषयमा प्रश्न गर्दा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने सहर्ष स्वीकार गर्न मानेनन् । उनले बीमा कम्पनीहरुले ठूलो आकारमा कारोबार गर्ने भएकाले कहींकतै कहिलेकाहीं कैफियत हुनसक्ने उनको भनाई छ । 

पौडेलले भने, ‘हामीकहाँ पत्र आईपुगेका कामहरु समाधान गर्दै आएका छौं । कतिपय कुराहरु भित्रभित्रै हुन्छ भने त्यसको मूल जरो पत्ता लगाएर नै हामीले कारबाही गर्नुपर्ने हुन्छ ।’उनले जीवन बीमा कम्पनीहरुमा यस्तो विकृति रहेको भए सम्बन्धित् कम्पनी र अस्पतालहरुसँग छलफल गर्ने बताए । 

Advertisement

Advertisement