सन् २०२५ भित्र व्यवसाय दोब्बर वृद्धि गरिने

ग्लोबल आइएमई बैंक बन्यो बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक बैंकिङ क्षेत्रका संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । 

बैंकले आर्थिक वर्ष २०७८–७९ मा तीन अर्ब २० करोड रुपियाँ कर दाखिला गरेको थियो । 
आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा बिहीबार आयोजित कर सप्ताह समापन समारोहमा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । 

Advertisement

अर्थमन्त्री प्रकाशशरण महतले बैंकका अध्यक्ष चन्द्र ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरे । यो बैंक विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपियाँ रहेको छ ।

सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरिसकेको छ । 

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आएको बताएको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको बताएको छ । 

ग्लोबल आइएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रुपमा परिचित छ । यो े बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४२ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement