बल्खुमा दुर्गा प्रसाइँ समर्थकहरुले प्रहरीको घेरा तोडे, अश्रु ग्यासको अधिक प्रयोग

Advertisement

काठमाडौं । बल्खुमा दुर्गा प्रसाइँ समर्थकहरुले प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ अघि बढेका छन् । घेरा तोड्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको छ । 

भीड नियन्त्रण गर्न प्रहरीले लाठी, पानीको फोहोरा प्रहार गर्नुका साथै अश्रु ग्यासको अधिक प्रयोग गरेको छ । अश्रु ग्यासको अधिक प्रयोग अन्तर्राष्ट्रिय कानुअनुसार बर्जित छ । तर आज भने निकै प्रयोग भएको देखिन्छ । 

Advertisement

अहिले बल्खु क्षेत्र तनावग्रस्त छ । आक्रोसित भिडले प्रहरीमाथि ढुंगा प्रहार गरेको छ । झडपका क्रममा दुवैतर्फ केही घाइते भएका छन् ।

undefinedundefinedundefinedundefined

Advertisement

Advertisement