प्रधानमन्त्री दाहाललाई ‘सरेन्डर’ गर्न दुर्गा प्रसाइँको सुझाव

Advertisement

काठमाडौं । अभियान्ता एवं व्यवसायी दुर्गा प्रसाइँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘सरेन्डर’ (आत्मसमर्पण) गर्न सुझाव दिएका छन् । 

बल्खुमा आयोजित विरोधसभामा बोल्दै उनले दाहाललाई आत्मसमर्पण गर्न सुझाव दिएका हुन् । दाहालले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनविद्रोह भएको बताउँदै भने, ‘यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नु छ। यो  आन्दोलन होइन, यसलाई तपाई आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो।’

Advertisement

नेपालका कैयौँ नेताहरुको विदेशमा लगानी रहेको दाबी गर्दै उनले थपे, ‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु। तपाईं सरेन्डर गर्नुहोस्, जनतासित आउनुहोस्। हिजो यिनै जनताले पुर्‍याएका हुन् त्यो ठाउँमा ।’

प्रसाइँले अब काठमाडौँ कब्जा गर्ने चेतावनी दिँदै आफूहरुले अब काठमाडौँ कब्जा गर्ने, संसद् भवन कब्जा गर्ने, र आफूहरुलाई चलाउने कोशिस भयो राम्रो नहुने चेतावनी दिए । कार्यक्रममा राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि पुगेका थिए । 

Advertisement

Advertisement