बीमा सेवा विस्तारमा उत्कृष्ट रणनीति अपनाएकाले सिटिजन लाइफलाई अन्तर्राष्ट्रिय अवार्ड

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘वेष्ट स्ट्राटेजिज फर इन्स्योरेन्स स्प्रिडिङ’ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डको चौंथो संस्करणमा सिटिजन लाइफलाई यो पुरस्कार प्रदान गरिएको हो । 

इण्डियन चेम्बर अफ कमर्सले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमा क्षेत्रमा विशेष योगदान पुर्याएका एशिया महादेश भित्रका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्टहरुलाई  विगत ४ वर्षदेखि यो पुरस्कार दिँदै आएको छ । 

Advertisement

मुम्बईमा आयोजित कार्यक्रममा आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेललाई अवार्ड प्रदान गरिएको सिटिजन लाइफले जनाएको छ । जीवन बीमा कम्पनी भरिमा बीमासम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबैभन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा आफूहरुलाई यो पुरस्कार प्रदान गरिएको कम्पनीको भनाई छ । 

२०७४ देखि सञ्चालनमा आएको यो कम्पनीले नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि आफूहरु बन्दै आएको बताउँदै देशभर उसका १४१ शाखा, उपशाखा र लगभग ६१ हजार अभिकर्ता रहेका छन् । सेवाग्राहीहरुलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा कम्पनी तयार रहेको सिटिजन लाइफले बताएको छ । 

आफ्ना ग्राहकको भविष्यमा आइपर्नसक्ने कुनै पनि आर्थिक जोखिमका बिरुद्ध आर्थिक र वित्तीय सुरक्षाको ग्यारेण्टी दिनसक्ने भरपर्दो र विश्वासिलो बीमा कम्पनीको परिचय बनाउन आफू सफल भएको पनि सिटिजन लाइफले बताएको छ ।
 

Advertisement

Advertisement