प्रविधि र पद्दतीको विकासअनुसार सीईओ बन्नेहरुले कुशलता हाँसिल गर्नपर्ने हुन्छः पाण्डे

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेले कर्पोरेट (व्यवसायिक संस्था)हरुमा नयाँ पुस्ताको व्यवस्थापन क्षमता र नेतृत्व क्षमताको विकास गर्दै लैजान जरुरी रहेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले विश्व बजारसँग नेपालको अर्थतन्त्र र कम्पनीहरुलाई प्रतिस्पर्धी बनाउन पनि नेपालले नयाँ पुस्तामा जनशक्ति विकास त्यहीअनुसार गर्नु जरुरी रहेको बताए । 

Advertisement

कुनै पनि व्यक्तिलाई एउटा कम्पनीको व्यवस्थापन सम्हाल्ने सक्षमता हाँसिल गर्न आवश्यक पर्ने महत्वपूर्ण सुझावहरु दिँदै पाण्डेले अहिले बैंक वित्तीय संस्थाको नेतृत्व लिन हानाथाप हुने गरेको सन्दर्भमा नेतृत्व लिनेहरुमा कुशल व्यवस्थापन क्षमता बढाउँदै जानुपर्ने जरुरी रहेको बताए । 

प्रविधिको विकासले गर्दा संस्थाहरुको नेतृत्व गर्नेहरुले त्यहीअनुसारको ज्ञान, सीप र अनुभव हासिल गर्नुपर्ने जरुरी रहेको उनको भनाई छ । बीमा क्षेत्रमा तीन दशक लामो अनुभव हाँसिल गरेका पाण्डेको विचार जस्ताको तस्तैः 

‘सीईओ बन्न जम्मा दुई वटा कुराहरु अहिले चलेका छन् । एउटा भनेको बीमामा काम गरिरहेको व्यक्ती सीईओ बन्न सक्छ भने अर्को भनेको कम्पनी बाहिरबाट आएका व्यक्तीको पनि क्षमता छ भने उसलाई सीईओ बनाउँने परिपाटी छ । 

यसमा नयाँ व्यक्तीको त उच्च क्षमताको कुरा भई नै हाल्यो तर पुरानो व्यक्तीले कम्पनीप्रति गरेको योगदानको आधारमा उसले सीईओ बन्ने मौका पाउँने हो । कोही पनि सीईओ बन्ने भनेको सबैभन्दा ठूलो कुरा सम्बन्धित कम्पनीले उसलाई पनि ठूलो इज्जत दिएको हो भन्ने मलाई लाग्छ । यसमा धेरै कुराहरु आउँछन् । सीईओ बन्न यही चिज हो भन्ने शुत्र ९फर्मुला० नै मैले बताउँने र त्यसलाई दोस्रो व्यक्तीले लागू गर्ने भन्न त नमिल्ला तर धेरै मान्छेले कुनै पनि कम्पनीमा सफल सीईओ हुन् अपनाउनु पर्ने कुराहरु मैले भन्न सक्छु ।

सीईओ हुने भनेको पारिश्रमीक पाउँने मात्रै काम होइन । यो त कम्पनी र व्यक्तीले जीवनमा कमाएको एक अर्काको कदरहरु एक ठाउँमा बस्ने मौका मिलेको पनि हो । पदवी भनेको उच्च मूल्यांकन मात्र हो । 

आजको दिनमा त बीमा बजारमा दक्ष जनशक्ती आईसकेको अवस्था छ । यस्तो बेलामा हामीले पहिलेको जस्तो सीईओ अभाव छ भनेर सीईओ काम गर्ने भन्दा पनि सीईओलाई अझ क्षमतावान बनाउँन आवश्यक तालिमहरुमा सहभागी गराउँनुपर्छ । म मेरो उदाहरण दिन चाहान्छु । यहाँ मेरो मात्र नभई सबैको कार्य प्रस्तुती शिखर इन्स्योरेन्सको विकासकै लागि हो नि त । यसले त भोली सबैलाई ठूलो ठाउँमा जाने र आफ्नो प्रगति गर्नु पर्छ भन्ने नै सिकाउँने रहेछ ।अब सीईओ बनेपछि पनि संचालक समितिको विश्वास जित्ने, आफ्नो कार्यक्षमता प्रस्तुत गर्ने र आफू मातहतका कर्मचारी साथीहरुको पनि क्षमता विकासमा लाग्ने व्यक्ती नै एउटा सफल सीईओ बन्ने रहेछ ।

सीईओको नेत्तृत्व राम्रो भएको अवस्थामा कुनै पनि शाखामा पनि समस्या आउदैन भन्ने मेरो अनुभव छ । म एउटा साधारण उदाहरण पनि दिन चाहान्छु यसबाट पनि तपाईहरुले धेरै कुरा बुझ्न सक्नु हुन्छ । जस्तो कि आजकाल बैंकको अवार्ड सोमा जाँदा बीमा कम्पनीका सीईओ र कर्मचारीहरु देख्दा पनि बैंकर साथीहरुले पनि अहिले गर्व गर्ने अवस्था सिर्जना हुन थालेको छ ।
 
अहिले एउटा बीमा कम्पनीमा काम गरेको कर्मचारीले भोलि सीईओ नै बन्ने लक्ष्य राख्छ वा अन्य कुनै पनि क्षेत्र उसले हाँक्छ भने त म त्यसलाई चाही ठूलो सफलता मान्छु । अहिलेको बीमा बजारले धेरै अवसर सिर्जना गरेको छ भने त्यसको साथसाथै रोजगारी र क्षमता विकासको अवसर पनि दिएको छ भन्ने चाही मेरो दृष्टिकोण हो ।

सीईओ बन्न मुख्य कुरा भनेको एउटा समूहलाई लान सक्छु भन्ने हुनुपर्यो । अर्को कुरा भनेको जुन कम्पनीको सीईओ हुने हो त्यही सम्बन्धि गहिरो अध्ययन गरेको र आवश्यक अनुभव पनि हाँसिल गरेको हुनुपर्यो । व्यवस्थापनको ज्ञान त जान्नु पर्यो । अझ भनौ म होइन, मबाट हामी भन्ने सोचाईमा पुग्नै पर्यो । नत्र टिमको विकास हुँदैन । टिमलाई साथमा लगेर बजारमा चाहीले जनसम्पर्क लगायतका कुरा छन् ।

अझ, सबैभन्दा महत्वपूर्ण कुरा भनेको सबैको विश्वास जित्दै जानुपर्छ । तपाईले जति विश्वास जित्दै जानु हुन्छ तपाईलाई त्यती नै ठूलो ठाउँको चाबी पनि मिल्दै जान्छ । बीमामा काम गर्न चाहने अबको सीईओहरुले चाही दाबी भुक्तानीको महत्वको बारेमा गहिरो अध्ययन गरेको हुनुपर्छ । बीमितले पाउँने पैसामा झुलाउँने प्रवृत्ती अपनाउँनु हुँदैन, यति भएमा सीईओ बन्न मलाई काफी हुन्छ जस्तो लाग्छ ।’

Advertisement

Advertisement