दुर्गा प्रसाइँलाई तीनकुनेमा हिजो प्रदर्शन गर्न दिएको सरकारले आज रोक्ने संकेत

Advertisement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाइँको नेतृत्वमा भएको विरोध प्रदर्शनलाई तीनकुनेमा प्रदर्शन गर्ने बिहीबार अनुमति नदिएकोमा आज (शुक्रबार) फेरि रोक्ने संकेत दिएको छ । 

हिजो प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको स्वयम प्रसाइँले बताएका थिए । आज फेरि सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै प्रसाइँले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको बताएका छन् ।

Advertisement

हिजो तीनकुनेमा एमालेको युवा संघलाई प्रदर्शन गर्न अनुमति दिएर प्रसाइँलाई बल्खुमा प्रदर्शन गर्न दिएको सरकारले आज भने तीनकुनेमा प्रदर्शन गर्न नतिने तयारी गरेको हो । 

उक्त प्रदर्शन पश्चात पत्रकार सम्मेलन गरी प्रसाइँले तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । उनले हालको राजनीतिक व्यवस्था परिवर्तन गरी गरिवहरुको २० लाखसम्मको ऋण मिनाहा गर्ने, बैंकको ब्याजदर घटाएर २० बर्षसम्म तिर्नमिल्ने बनाउने, बैंकले लिलामी गरेका घरहरु फिर्ता गराउने, भ्रष्टाचारीहरुलाई कारवाही गर्ने बताएका थिए । 

undefined

Advertisement

Advertisement