सरकारले दुर्गा प्रसाइँलाई घरमै नजरबन्द गर्यो

Advertisement

काठमाडौं । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाइँलाई घरमै नजरबन्द गरेको छ । 

प्रसाइँलाई फोन गर्दा उनका एक सहयोगीले नजरबन्द गरिएको र बाहिर निस्किन नदिने प्रयास भइरहेको बताए । यद्यपि उनले तीनकुनेमा हुने भनिएको आजको विरोध प्रदर्शन नरोकिने बताए । 

Advertisement

प्रसाइँले केही राजनीतिक र आर्थिक मुद्दा उठाउँदै हिजो बिहीबारबाट काठमाठौमा विरोध प्रदर्शन सुरु गरेका छन् । बल्खुमा आयोजित हिजोको प्रदर्शनमा ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । 

Advertisement

Advertisement