सिप्रदीले अब गाईघाटमा खोल्यो नयाँ ग्यारेज

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेज लाई सर्टिफाईड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

२०८० मंसिर ६ गते टाटा मोटर्स कस्टमर केयर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्मा तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एक विशेष समारोह बीच उक्त वर्कसपको उद्घाटन गरेका हुन् । 

Advertisement

सम्पुर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई सहज तथा आफ्नो स्थान पाएक सेवा तथा सुविधाहरु प्रदान गर्ने उदेश्य अनुरुप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको हो । हाल नेपाल भरी १५ वाट सर्टिफाइड ग्यारेजलाई मान्यता प्रदान गरी ग्राहकहरुलाई सहजरुपमा सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ । 

विभिन्न स्थानमा सर्टिफाइड ग्यारेज स्थापना गर्ने योजना कम्पनीको रहेको छ । नेपालभरी सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १०० भन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरु रहेका छन् ।

उक्त अवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड शर्माले टाटा गाडी बिक्री गर्नु मात्र आफ्नो उद्देश्य नभई बिक्रीपछिको सेवा तथा सुविधाहरुमा पनि ग्राहकहरुको आजको आवश्यक्तालाई पहिचान गरी त्यस आवश्यक्तालाई कसरी परिपूर्ती गर्न सकिन्छ भन्ने कुरामा त्यतिकै जोड दिएको र त्यही अनुरुप ग्राहकको आवश्यक्तालाई ध्यानमा राखि विभिन्न स्थानमा सर्भिस संजालको विस्तार गर्ने र दक्ष तथा अनुभवि जनशक्तिको विकास गरि सहज तथा सुलभ सेवाहरु प्रदान गर्दै जाने कुरा व्यक्त गरे । 

त्यसै अवसरमा लक्ष्मी इन्टरप्राइजेजका मेनेजिङ्ग डाइरेक्टर लक्ष्मीनारायण श्रेष्ठले टाटा मोटर्सको सम्पूर्ण सिस्टमहरुलाई अबलम्बन गर्दे ग्राहकहरुलाई उच्चकोटीको सेवा तथा सुविधाहरु प्रदान गर्नमा प्रतिबद्घ रहेको जानकारी प्रदान गरे । 

कार्यक्रममा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजन नेपालका प्रतिनिधि मृनाल सेन, सिप्रदी कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका उप महाप्रबन्धक सरद न्यौपाने, सिप्रदीका चिफ मेनेजर सुवासकुमार दाशको साथमा ग्राहकहरुको पनि उपस्थिति थियो ।
 

Advertisement

Advertisement