बेलायतमा आर्थिक वृद्धिका लागि भारी मात्रामा कर कटौतीको घोषणा

Advertisement

काठमाडौं । ब्रिटिश चान्सलर अफ द एक्स्चेकर जेरेमी हन्टले देशको आर्थिक वृद्धिलाई बढावा दिन डिजाइन गरिएको व्यवसाय र कामदारहरूको लागि कर कटौतीको प्याकेज घोषणा गरेका छन् । 

बजेट उत्तरदायित्व कार्यालयले यी उपायहरूको संयुक्त प्रभावले व्यवसायिक लगानी बढाउने, धेरै मानिसहरूलाई काममा लगाउने, अर्को वर्ष मुद्रास्फीति घटाउने र जीडीपी बढाउने बताएको छ । 

Advertisement

गतिशील अर्थतन्त्र मन्त्रीहरूको कुनैपनि आदेश वा निर्णयहरू भन्दा बढी मानिसहरूको ऊर्जा र उद्यममा निर्भर हुने बताइएको छ । यी उपायहरूले लगानीका अवरोधहरू मात्र नहटाउने कामको परिणाम दिने उनको भनाइ छ ।

हन्टले जनवरी २०२४ देखि नेशनल इन्स्योरेन्सको मुख्य दर १२ प्रतिशतबाट १० प्रतिशतमा झार्दै २ करोड ७० लाख बेलायती कामदारलाई असर गर्ने बताए । बीस लाख स्वरोजगार भएका व्यक्तिहरूका लागि पनि कर कटौती र सरलीकरण गरिनेछ । 

ट्रेजरीकाअनुसार राष्ट्रिय बीमा कटौतीले एनएचएस (राष्ट्रिय स्वास्थ्य सेवा) कोष वा पेन्सन भुक्तानीमा कुनै परिवर्तन ल्याउने छैन । सेवाहरू अपरिवर्तित रहने र अहिले जस्तै वित्त पोषण जारी रहनेछन् । 

नेशनल लिभिङ वेज भनेर चिनिने कानूनी न्युनतम पारिश्रमिक अप्रिल २०२४ देखि १०.४२ ब्रिटिश पाउण्डबाट करिव १० प्रतिशतले बढेर ११.४४ ब्रिटिश पाउण्ड प्रतिघण्टा हुनेछ । युनाइटेड किङ्गडम (युके) मा व्यवसायहरूका लागि हन्टले ‘पूर्ण खर्चः कमको लागि लगानी’ नारासहित स्थायी कर कटौतीको घोषणा गरेका छन् । 

ओबीआरका अनुसार बेलायतको अर्थतन्त्र यस वर्ष ०.६ प्रतिशत र अर्को वर्ष ०.७ प्रतिशतले बढेर २०२५ मा १.४ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ । ओबीआरले हेडलाइन मुद्रास्फीति २०२५ को लागि बैंक अफ इङ्गल्याण्डले तोकेको २ प्रतिशत लक्ष्यमा पुग्नु अघि २०२४ को अन्त्यसम्ममा २.८ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । सिन्व्हा÷नान

Advertisement

Advertisement