युद्धविरामपछि घर फर्किन थाले गाजावासी

Advertisement

काठमाडौं । हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमास आम नागरिकहरु हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा आपूर्ति र अन्य आवश्यक मानवीय वस्तुहरूको साथ सहयोग गरिएको छ । 

रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताकाअनुसार मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश गरेका थिए । जसमा चार खाना पकाउने ग्यास र तीनवटा इन्धन बोकेका थिए । प्यालेस्टिनी अधिकारीहरूले विस्थापितहरूलाई उत्तरी पट्टीमा आफ्नो घर फर्कन आह्वान गरेका छन् । 

Advertisement

तर इजरायलले उनीहरूलाई युद्धविरामको क्रममा उत्तरतर्फ जान प्रतिवन्ध लगाउने चेतावनी दिएको थियो । प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले दुई प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन प्रयास गर्दा मारिएको बताएका छन् । सिन्ह्वा–नान

Advertisement

Advertisement