घरमा भाडामा बस्ने मान्छे पाउन छोड्नुअघि नै जाग्न काठमाडौंका नेवारहरुलाई प्रसाइँको सुझाव

Advertisement

काठमाडौं । अहिलेको राजनीतिक व्यवस्था उल्ट्याउने उद्घोषसहित जनविद्रोहको घोषणा गरेका व्यवसायी दुर्गा प्रसाइँले राजावादी भन्नेहरु ‘दुर्गा प्रसाइँ लोकप्रिय भयो’ भनेर कोठे बैठक गरिरहेको बताएका छन् । 

राजधानीको सिफलमा शनिबार आयोजित विरोध सभामा उनले राजावादीलाईराष्ट्रवादी बनेर आफ्नो अभियानमा आउन आग्रह गरे । प्रसाइँले गणतन्त्रको जग हल्लिसकेको दावी गर्दै भने, ‘यिनीहरु हल्लिसकेका छन् । यो संसदीय प्रणाली मक्किसकेको छ । २६० वर्षअघि पृथ्वीनारायण शाहको जन्म भएको थियो, देश एकीकरण गर्न । राजा महेन्द्रले देशलाई औद्योगिक युगमा लगिसकेका थिए । अब दुर्गा प्रसाइँको उत्पति भएको छ । यो देशलाई विकास मार्गमा लैजान्छ अब ।’ 

Advertisement

कुनै बेला ‘यो समय मुना चियाको हो’ भनिन्थ्यो, अब यो समय दुर्गा प्रसाइँको हो भन्दै उनले आफूलाई म्यानमारकी नेतृ आङ सान सूचीलाई जस्तै नजरबन्द गर्न खोजिएको आरोप लगाए । प्रसाइँले प्रसाइँले मूलधारका पत्रकारलाई युट्युबरबाट सिक्न पनि सुझाव दिए ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाइँले पुस मसान्तभित्र देश टाट पल्टिने भन्दै काठमाडौंबासी ब्युँझिनुपर्ने बताए । उनीहरुले अझै नबुझे घरको लालपुर्जा मारवाडीको हातमा पुग्ने प्रसाइँको चेतावनी थियो ।

उनले भने, ‘काठमाडौंबासी हो, तिमीहरुलाई लाज त लाग्छ होला । कट्टु खुस्केर गइसकेको छ । लाज हातले छोपेर म त खुसी छु भन्दैछौ साथीहरु हो । अब थाहा हुन्छ, पुस मसान्तपछि काठमाडौंबासीहरु तिमीहरु बिउँझिदा तिम्रो हातमा लोटा र केही मारवाडी तस्करको हातमा तिम्रो घरको लालपुर्जा हुनेछ । तिमीहरुलाई मैले सम्झाउन खोजेँ । काठमाडौं, ललितपुर, भक्तपुर, मीर्तिपुरका तपाइँहरुको होस खुलोस् । ७० प्रतिशत सटर बन्द भइसके । यी घरहरु अब खाली हुन्छन्, भाडामा बस्ने मान्छे पाइने छैनन् । अब कतिदिन टिक्नुहुन्छ काठमाडौंबासी हो ? तपाइँहरु बाहिर आउन ढिला गरेमा काठमाडौंमा स्याल रुने दिन आउनेछन् ।

Advertisement

Advertisement