उँडेको केही बेरमै प्राविधिक समस्या आएपछि एयर इण्डियाको जहाज पर्काएर आकस्मिक अवतरण

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थलबाट नयाँ दिल्लीका  लागि उडेको एयर इन्डियाको जहाज प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्किएर आकस्मिक अवतरण गरेको छ । 

उडेको केही समयमा प्राविधिक समस्या देखिएपछि एआई २१६ उडान नम्बरको जहाज डाइभर्ट गरी काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

Advertisement

साँझ ७ बजे नयाँ दिल्लीका लागि उडेको यो जहाजमा १२५ जना यात्रु थिए । जहाज अवतरणपछि अहिले प्राविधिक जाँचको काम भइरहेको कार्यालयले जनाएको छ । 

Advertisement

Advertisement