झापामा राजा ज्ञानेन्द्रद्धारा शक्ति प्रदर्शनसँगै राजा पृथ्वीनाराण शाहको शालिक अनाबरण

Advertisement

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले झापा पुगेर पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका छन् । विर्तामोडको इकम कलेज परिसरमा निर्मित पृथ्वीनारायण शाहको शालिक राजा ज्ञानेन्द्रले शनिबार दिउँसो अनावरण गरेका हुन् । 

कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयोजनमा भएको थियो । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रम सम्पन्न गर्न एक साताभन्दा पहिलेदेखि झापामा थिए । कलेजको निम्तोमा शुक्रबार अपराह्न झापा पुगेका राजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची क्राउन होटेलमा बसेका थिए । 

Advertisement

आजको कार्यक्रममा सहभागी हुने जाने क्रममा हजारौं मोटरसाइकलले स्कर्टिङ गर्नुका साथै अरु दशौं हजार मानिस कार्यक्रमस्थलमा सहभागी भएका थिए । सबै गरेर ५० हजारभन्दा बढी मानिस सहभागी भएको अनुमान गरिएको छ । 

राजा ज्ञानेन्द्रको समर्थनमा ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाहिँदैन’ गणतन्त्र मुर्दावाद, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा घन्किएको थियो। धुलाबारीबाट विर्तामोडसम्म बृहत् मोटरसाइकल र्‍यालीसहित ल्याएका पूर्वराजा शाहको पक्षमा राप्रपा र राजसंस्था पक्षधरले शक्ति प्रदर्शन गरेका थिए ।  

सर्वसाधारणसँग भेटघाट गर्ने क्रममा कलेज पुग्नुअघि उनी झण्डै एक किलोमिटर सडकमा हिँडेर सर्वसाधारणसँग भेटघाट गरेका थिए । सो अवसरमा सयौँ समर्थकले राजा ज्ञानेन्द्रलाई पुष्प गुच्छा प्रदान गरेका थिए। साथमा लिङ्देन पनि थिए । 

पृथ्वीनारायण शाहको सालिक अनावरण पछि दुई तल्ला माथि तयार पारिएको आसनमा गएर बसेका थिए । उनी करिव एक घण्टा कार्यक्रमस्थलमा बसेर फर्किएका थिए । 

Advertisement

Advertisement