राशिफलः आज (मंसिर १०) तपाइँलाई पेशा, व्यवसाय, शेयर कारोबारबाट लाभहानी के होला ?

Advertisement

आज वि.सं.२०८० साल मंसिर महिनाको १० गते आइतबार, कार्तिक शुक्लपक्षको चतुर्दशी उप्रान्त पूर्णिमा तिथि । आज शिववैकुण्ठ चतुर्दशी व्रत ।

मेष 
समय संयमत भएर चल्नु पर्ने खालको देखिन्छ । पारीवारिक जीवनका सम्बन्धहरुमा द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा नसोचिएका समस्याहरु उत्पन्न भई अवरोधहरु देखा पर्ने छन् । चतुरताको अभाव हुने छ । आवश्यक ठाउँमा उचित बुद्धि र उपायहरु आउन ढिला हुने छ । सौन्दर्यका सामान, फेसनका सामान, औषधि, कपडा, श्रृङ्गारका सामान आदीको कारोवारमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् । 

Advertisement

वृष
यात्रामा जाने वा जानु पर्ने हुन सक्छ । पारीवारिक जीवनमा सकारात्मक मिलन तथा साथ समर्थन प्राप्त हुने छ । तर परिवारका सदस्यहरुसँग रिसाउने अवस्था आउने हुँदा यस विषयमा भने सतर्क रहनु होला । पेशागत जीवनमा द्वन्दको अवस्था तथा जुध्नु पर्ने अवस्था आउँछ । धेरै जोखिम मोल्ने समय रहेको छैन् । साझेदारीमा गरिएका कामहरु भने सकारात्मक गतिमा जाने छन् । शेयर क्षेत्र औसत खालको रहने छ । 

मिथुन 
पारीवारिक सदस्यहरुको बलियो साथ रहने छ । यसका कारण आफ्नो लक्ष्य प्राप्तिको मार्ग र आम्दानीमा ठुलो मद्धत पुग्ने छ । भाग्यको अभिबृद्धि हुने छ तर पनि बेला बेला आफुलाई भाग्यहिन भने लागि रहने छ । शिक्षण, धार्मिक वस्तुको कारोवार, स्टेसनरी, फेसनेवल सामानको कारोवार, आयात निर्यात आदीमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र अनुकुल देखिँदैन् । 

कर्कट
बाठो खालको व्यक्तित्व हुने छ । तर पनि मनमा दुविधा हुने तथा मनमा एक प्रकारको उदासिनताले सताउने छ । पेशागत क्षेत्र सकारात्मक दिशामा अघि बढ्ने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । स्टेसनरी, शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, निर्माण क्षेत्र, हार्डवेयर, रङ्ग, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

सिंह
आफ्नो लक्ष्य तथा उद्देश्यप्रति केन्द्रीत र समर्पित व्यक्तित्व बन्ने छ । पेशागत जीवन सकारात्मक देखिन्छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । तर शारीरिक कमजोरी र मनोबलको कमि रहन हुँदा उत्साह र उमङ्गको भने कमि हुन जाने छ । आयात निर्यात, बैंकिङ्ग क्षेत्र, वाणिज्य, किराना पसल, आदीमा संलग्नहरुलाई सकारात्मक देखिन्छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

कन्या
व्यक्तित्वमा नरमपना देखा पर्ने छ । सबैसँग मिल्न सक्ने खालको व्यक्तित्व बन्ने छ । पेशागत जीवन स्थिर बन्ने छ । निर्माण व्यावसाय, फलामजन्य कार्य, ग्रिल उद्योग, हार्डवेयर, निर्माण जगत आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र पनि सकारात्मक देखिएको छ । 

तुला
बोलीमा सितलता बृद्धि हुने छ । चलाख र भित्रि चतुरता भएको व्यक्तित्व हुने छ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ । पेशागत जीवनमा भने संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । आफुलाई प्राप्त जिम्मेबारी भन्दा अन्य विषयमा धेरै चासो नदिई प्राप्त जिम्मेबारी राम्रोसँग निभाउने प्रयास गर्नु उपयुक्त हुने छ । पेशागत र व्यावसायिक विषयमा धेरै जोखिम नलिई अहिलेको अवस्था जे छ त्यसैमा चल्न खोज्दा ठिक हुने देखिन्छ । शेयर क्षेत्र मध्यम खालको रहने छ ।

वृश्चिक
परदेश जाने अवरोधहरु समाधान तर्फ जाने छन् । यात्रा हुने छ । पेशागत जीवनमा विभिन्न खाले समस्याहरु र द्वन्दको सामना गर्नु पर्ने अवस्था आउने छ । त्यसैले पटक्कै चर्काचर्कि तथा द्वन्दमा जाने खालेका गतिविधिबाट बच्ने प्रयास गर्नु होला । केही सम्झौता गरेर भए पनि पेशागत जीवनमा रहने प्रयास गर्नु बुद्धिमानी हुने समय रहेको छ । यस अघि रोकिएर बसेका रकम भने प्राप्त हुने छ । शेयर क्षेत्र हल्का हल्का सकारात्मक तर्फ रहने छ । 

धनु 
धैर्य भएर तथा संयमित भएर रहनु पर्ने समय रहेको छ । आत्माबलको कमि हुने छ भने आफुलाई भाग्यहिन भएको जस्तो अनुभूति भइरहने छ । मनमा दुविधाका मात्राहरु धेरै देखा पर्दा निर्णय क्षमताको कमि हुने छ । पेशागत जीवनमा जे जस्तो स्थान रहेको छ त्यसमा धानिने कोशिस गर्नु र बिबादमा नपर्नु बुद्धिमानि हुने छ । शेयर क्षेत्र भने औसत तर हल्का सकारात्मक तर्फ रहने छ । 

मकर 
दृढ खालको र कसैसँग नदब्ने खालको व्यक्तित्व हुने छ । तर रिसको मात्रामा पनि असाध्यै धेरै हुने भएकाले यस विषयमा संयमित रहनु होला । जीवन साथिको साथ सहित कार्य गरेमा त्यसले राम्रो प्रतिफल दिने छ । पेशागत जीवन औसतमा हल्का सकारात्मक रहने छ । जसरी भए पनि पैसा कमाउनु पर्छ है भन्ने खालको विचार आउने हुँदा अलि गलत खालका कार्यमा पनि संलग्न हुन सक्ने जोखिम ग्रहले पारि दिएको हुँदा यस विषयमा सतर्क रहनु होला । शेयर क्षेत्र अनुकुल रहने छ । 

कुम्भ 
मनमा निराशाले असाध्यै च्याप्ने छ । प्राय कुनै पनि कुरामा खुशीको अनुभुति नहुँदा मनमा खिन्नताको मात्रा बृद्धि हुने छ । चिसोबाट र पानीबाट सतर्क रहनु पर्ने देखिन्छ । पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबाद देखा पर्ने समय रहेको छ । स्टेसनरी, वाणिज्य, छालाजन्य कारोवार, मार्केटिङ्ग क्षेत्रमा आवद्धहरुलाई केही शुभता रहने छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

मीन
दृढतााम कमि आउने छ । मनोबलको मात्रामा पनि गिरावट आउँदा आत्मविश्वासको कमि हुन जाने छ । शारीरिक रुपमा रोग व्याधी तथा कमजोरीले च्याप्ने छ । कर्मशिल हुँदा हुँदै पनि पेशागत जीवनमा अवरोध तथा समस्याहरु आउने भएकाले उच्च सतर्कतासहित कदमहरु चाल्नु होला । होटल रेष्टुरेण्ट, डान्सबार, खेल जगत आदीमा संलग्नहरुलाई समय चुनौतिपूर्ण रहेको छ । शेयर क्षेत्र प्रतिकुल देखिन्छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement